अर्थमन्त्रीले नमानेपछि मुख्यमन्त्री आफैं अघि सरे, चुनावको मुखमा करको दर हेरफेर – HamroAwaj

अर्थमन्त्रीले नमानेपछि मुख्यमन्त्री आफैं अघि सरे, चुनावको मुखमा करको दर हेरफेर  – HamroAwaj

८ असोज, पोखरा । गण्डकी प्रदेश सरकारले चुनावको मुखमा कर घटाएको छ । १ असार आएको बजेटमा निर्धारण भएका करको दरहरु मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ठाडो प्रस्तावमा घटाइएको हो । अर्थमन्त्री रामजी बरालले संसदमा पेश गरेको बजेटमा वार्षिक सवारी करदेखि घरजग्गा रजिस्टेसन शुल्कसम्म बृद्धि गरेको भन्दै चौतर्फी विरोध भएको थियो । तर त्यसबेला सरकारले सुनेन … Read more

सत्ता गठबन्धनले भोलिदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने – HamroAwaj

सत्ता गठबन्धनले भोलिदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने  – HamroAwaj

८ असोज, काठमाडौं । सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको एक नेताले बताए । उनले भने, ‘भोलिदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल सुरु गर्ने सहमति भएको … Read more

ललितपुरमा पम्फा भुसाललाई तेस्रो प्रतिस्पर्धा कति सहज ? – HamroAwaj

ललितपुरमा पम्फा भुसाललाई तेस्रो प्रतिस्पर्धा कति सहज ?  – HamroAwaj

८ असोज, काठमाडौं । लडेका जति सबै चुनावमा विजयी हुने थोरै माओवादी नेतामध्येमा पर्छिन् पार्टी उपमहासचिव पम्फा भुसाल । उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–३ बाट जितिन् । नेकपा माओवादी केन्द्र छाडेकाले २०७० सालको दोस्रो संविधानसभा चुनाव बहिष्कारमा लागेकी उनी २०७४ को प्रतिनिधिसभा चुनावमा ललितपुर–३ बाटै विजयी भइन् । आगामी ४ मंसिरमा हुने संसदीय … Read more

देउवासँगै गठबन्धनका नेताहरुलाई शेखर समूहको खबरदारी – HamroAwaj

देउवासँगै गठबन्धनका नेताहरुलाई शेखर समूहको खबरदारी  – HamroAwaj

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवासँगै गठबन्धनका नेताहरुलाई खबरदारी गरेको छ । समानुपातिक पद्धतिको सूचीमा असन्तुष्टि जनाएको यो समूहका नेताहरुले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हार्ने चेतावनी गठबन्धनका नेताहरुलाई दिएका छन् । शनिबार काठमाडौंमा भएको ‘खबरदारी सभा’मा शेखर समूहका नेता गुरुराज घिमिरेले गुटका … Read more

डा. केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति – HamroAwaj

डा. केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति  – HamroAwaj

८ असोज, काठमाडौं ।  सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडेका छन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले  त्यहीं उपचाररत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले … Read more

सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता थपिए – HamroAwaj

सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता थपिए  – HamroAwaj

८ असोज, डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा १६ लाख ३२ हजार … Read more

सीमापारि दसैँको रौनक, वारि सुनसान – HamroAwaj

सीमापारि दसैँको रौनक, वारि सुनसान  – HamroAwaj

८ असोज, कपिलवस्तु (बुद्धभूमि) । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री … Read more

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने – HamroAwaj

अर्को नेपाली फिल्म ‘लोरी’लाई पनि ओस्कार अवार्डमा पठाइने  – HamroAwaj

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल जुरी अवार्ड जितेको नेपाली छोटो फिल्म ‘लोरी’लाई ओस्कार अवार्ड पठाइने भएको छ । ओस्कारमा पठाउनैका लागि फिल्मका अमेरिकी निर्माता बेन्जामिन ग्रब्सको पहलमा यो फिल्म सेप्टेम्बर २३ देखि २९ सम्म अमेरिकाको लेमियर थिएटरमा रिलिज गरिने भएको छ । यो १४ मिनेट लामो फिल्मका निर्माता अनुप पौडेल हुन् भने निर्देशक … Read more

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३१ घाइते – HamroAwaj

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३१ घाइते  – HamroAwaj

८ असोज बुटवल । कपिलवस्तुमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको हो । उनको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । जिल्लाको वुद्धभूमि नगरपालिका-९ र ४ को सीमामा शनिबार दिउँसो काठमाडौंबाट दाङ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको … Read more

प्रेमगीत ३ : नेपालमा २ करोड हारहारीको ओपनिङ, भारतमा ९२ लाख भारु नेट कलेक्सन – HamroAwaj

प्रेमगीत ३ : नेपालमा २ करोड हारहारीको ओपनिङ, भारतमा ९२ लाख भारु नेट कलेक्सन  – HamroAwaj

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको छ । काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशब्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो । ‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी … Read more