कामपाले २५ अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ

काठमाडौं, असार ९ : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०२२/२३ का लागि २५ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरकी उपमेयर सुनिता डंगोलले शुक्रबार बजेट प्रस्तुत गरेकी हुन् ।

कुल विनियोजन गरिएको रकममध्ये रु ५ करोड २ लाख २४ हजार आर्थिक विकास सम्बन्धी कार्यक्रमका लागि विनियोजन गरिएको छ ।

त्यस्तै, महानगरले कूल बजेटको ४९ दशमलव ५७ प्रतिशत पूर्वाधार विकासलगायत अन्य क्षेत्रमा विनियोजन गरेको छ ।

Source link

Leave a Comment