काठमाडौं, साउन ३ : नेपाल प्रहरीको महानिरीक्षकको नियुक्तिविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुने भएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुण्डलको संयुक्त इजलासले सुनुवाइ गर्नेछ ।
प्रधानन्यायाधीश कार्कीको संयोजकत्वमा रहेको इजलासले यो मुद्दामा चौथो पटक सुनुवाइ गर्न लागेको हो ।
यसअघि २०२२ जेठ १ गते मन्त्रिपरिषद्ले नेपाल प्रहरीको आईजीपीमा दिराजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
पछि एआईजी विश्वराज पोखरेलले सरकारले वरिष्ठताका आधारमा नियुक्ति नगरेको आरोप लगाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।