We’re sorry, but this site doesn’t work properly without JavaScript enabled!
काठमाडौँ — एसियन प्यासिफक र टिम किरण ऋृत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक ऋृत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित गर्यो । अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गर्ल्सलाई ८–४ ले हरायो ।

ब्वाइजमा आयोजक ऋृत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगे । ऋतले स्किब्सलाई ५–४, न्यु जेनिथ ‘बी’ ले एन्जल्स हार्ट ‘बी’ लाई ८–६ तथा एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’ लाई ६–५ ले पाखा लगाए ।
सेमिफाइनलमा ऋतको भेट न्यु जेनिथ ‘बी’ सँग हुनेछ । एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘ए’ र न्यु जेनिथ ‘ए’ बीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता बिहीबार हुनेछ ।
प्रकाशित : असार २२, २०७९ १८:४१
बागलुङ — सवारी लाइसेन्स निकाल्नका लागि नक्कली निरोगिताको प्रमाणपत्र बनाएर पैसा असुल गर्दै आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै बसेर नक्कली चिकित्सक बनेका शंकर पोलिक्लिनिक चलाउने धादिङका २१ वर्षीय राम अर्याल र नवलपुरका २१ वर्षीय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले यातायात कार्यालय अगाडि बसेर सवारी लाइसेन्स बनाउनेलाई नक्कली निरोगिता प्रमाणपत्र दिने गरेका थिए । पटकपटक उनीहरूले नक्कली कागजात बनाएको उजुरीपछि प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले स्वास्थ्य परीक्षणसमेत नगरी नक्कली कागजात बनाउने गरेको खुलेको छ ।
उनीहरूले फरक फरक चिकित्सकको नाम दिएर कागजात बनाउने गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्द्रबहादुर रानाका अनुसार पोलिक्लिनिकबाट विवरण नभरेका छाप, दस्तखत नमूना र अन्य लेटरप्याड तथा रसिदसमेत प्रहरीले बरामद गरेको छ।
उनीहरूलाई म्याद थप गरेर थप अनुसन्धान थाल्ने प्रहरीको भनाइ छ । कानुन बमोजिम उनीहरूलाई अदालतमा मुद्दा दायरसमेत गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित : असार २२, २०७९ १८:२८