१० वर्षपछिको नेपाल र भूराजनीतिबारे छलफल

१० वर्षपछिको नेपाल र भूराजनीतिबारे छलफल

२४ असार, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित थेम्स इन्टरनेशनल कलेजले यही जुलाई ७ र ८ मा थेम्स एसेम्बलेज २०२२ को आयोजना गरेको छ । होटल हायात परिसरमा रहेको तारागाउँ म्युजियममा आयोजना गरिएको कार्यक्रममा १० वर्षपछिको नेपालको आर्थिक र सामाजिक दृष्टिकोणदेखि नेपालका भूराजनीति चुनौती, सिनेमा र समाज लगायत बिभिन्न विषयमा छलफल भएको थियो । त्यसैगरी पुस्तक … Read more

गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित

२४ असार, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा सांसदहरु उपस्थित भइरहेका छैनन् । सांसद उपस्थित नभएर गणपूरक संख्या नपुग्दा शुक्रबार बसेको बैठक स्थगित भएको छ । शुक्रबार बसेको नवौं अधिवेशनको १३औं बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित गरिएको छ । बैठक प्रारम्भ हुनासाथ विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रदेश सभाको गणपूरक संख्या … Read more

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दार थुनामा

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्र प्रहरीका हवल्दार थुनामा

२४ असार, काठमाडौं । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् । संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत कार्यरत … Read more

पोखरेलीको मन जित्दै ‘शिरीषको फूल’

पोखरेलीको मन जित्दै ‘शिरीषको फूल’

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ । साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक … Read more

चीन बन्यो विश्वकै ठूलो फिल्म बजार, भारत आठौं स्थानमा

चीन बन्यो विश्वकै ठूलो फिल्म बजार, भारत आठौं स्थानमा

काठमाडौं । सन् १८८८ मा संसारको सबैभन्दा पहिलो फिल्म रिलिज भएको थियो । २.११ सेकेन्ड लामो उक्त फिल्मको नाम ‘राउन्डहे गार्डेन सीन’ थियो । तर तीन सेकेन्डभन्दा पनि कम लम्बाइको उक्त फिल्म विश्वकै लागि आविष्कार बन्यो । पहिलो फिल्म बनाउने कुनै निर्देशक थिएनन् बरु फ्रान्सेली वैज्ञानिक लुइस ली प्रिन्स थिए । २.११ सेकेन्ड लामो फिल्मबाट … Read more

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने

सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने

२४ असार, काठमाडौं। सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ । सर्वोच्च अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्ययोजना बनाएर पुराना मुद्दा फर्स्यौट गर्नेगरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधिन अवस्थामा रहेका पुराना … Read more

हुबहु प्रश्नपत्र मिलेपछि बीबीए छैटौं सेमेष्टरको परीक्षा रद्द

हुबहु प्रश्नपत्र मिलेपछि बीबीए छैटौं सेमेष्टरको परीक्षा रद्द

२४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले असार २२ (गत बुधबार) मा बीबीए छैटौं सेमेष्टरका लागि लिएको परीक्षा रद्द गरेको छ । व्यवस्थापन संकाय तर्फको ‘एमजीटी २०३ : अर्गनाइजेसन बिहाभियर’ विषयको परीक्षा रद्द गरेको हो । त्रिविले शुक्रबार सूचना प्रकाशित गरेर लिइसकेको उक्त परीक्षा रद्द गर्ने जानकारी गराएको छ । उक्त विषयको परीक्षा साउन १ गते … Read more

कर्णालीमा ४ बुँदे सहमति, प्रदेशसभाको अवरोध हट्यो

कर्णालीमा ४ बुँदे सहमति, प्रदेशसभाको अवरोध हट्यो

२४ असार, सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख दलहरुबीच चारबुँदे सहमति भएको छ । यससँगै १२ असारदेखि जारी प्रदेशसभाको अवरोध हटेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्वन्धमा प्रस्तावित योजनाहरू एकमुष्टरूपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजनाहरू छनौट गरिसक्नुपर्ने सहमति भएको छ । विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर … Read more

थप ९८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५६४ पुग्‍यो

थप ९८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५६४ पुग्‍यो

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ … Read more

घरमाथिको हाइटेन्सनले २७ घरलाई सधैं टेन्सन

घरमाथिको हाइटेन्सनले २७ घरलाई सधैं टेन्सन

२३ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ र १२ मा पर्ने पानीट्यांकी क्षेत्रका २७ घरका बासिन्दाको साझा समस्या बनेको छ घरमाथिको हाइटेन्सन लाइन । उनीहरुको घरमाथि ११ हजार भोल्टेजको हाइटेन्सन लाइन टाँगिएको छ । घर कम्पाउण्डमा मात्र होइन, कतिपयको घरको छतमा पोल गाडिएको छ । हाइटेन्सको नांगो तार घरको छतमा मासिनले भेट्ने ठाउँमा … Read more