२४ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका १ हजार मत गन्दा नेकपा एमालेले मेयरमा ८५ मतको अग्रता लिएको छ ।
नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याउँदा नेपाली कांग्रेसका रंगबहादुर खातीले ४३५ मत पाएका छन् ।
उपप्रमुखमा पनि एमालेकै माया कुँवरले अग्रता लिएकी छन् । उनले ५१५ मत पाउदा कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन् ।
सुरुमा वडा नं. १ र १० को मतगणना चलिरहेको हो ।
बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्द गरी बिहीबार फेरि मतदान गरिएको हो ।