थानकोटमा किशोरीलाई बलात्कार गरी फरार टिपर चालक पक्राउ


साँकेतिक तस्विर : इन्टरनेट

२८ असार ०७९, काठमाडौं । एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका ८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपाली छन् । उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पु¥याइदिने बहाना बनाई चन्द्रगिरी नगरपालिका ७ थानकोटमा पार्किङ गरी चालकले शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेपछि चालक टिपर समेत छाडी फरार भएका थिए ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका १४ कलंकीबाट पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त भई करणी सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरेको छ । न्युज कारखाना





Source link

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com