उपसभामुखका लागि आज मनोनयन दर्ता

काठमाडौँ। प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया आजदेखि शुरु हुँदैछ। प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहीबार बिहान  ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको हो। 

 

उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने छ। कार्यतालिका अनुसार भोलि शुक्रबार अपराह्न ३ बजेको  बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ। उपसभामुख पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो। २०७६  माघ ६ गते तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिएपछि पद रिक्त थियो। 

 

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद  सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो। प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

 

सत्ता गठबन्धनले नेपाली कांग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने तयारी गरेकी छिन्।

 

प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन्।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेलाई माल्दिभ्समा पनि ज्यानको खतरा भएपछि..

एजेन्सी । श्रीलंकामा संकटकाल लगाइएको छ । जनताको प्रदर्शनका कारण अवस्था थप बिग्रिएको छ । यसैबीच, श्रीलंका छाडेर माल्दिभ्स पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर जाने तयारीमा रहेका छन

Source link

Leave a Comment