कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठक आज बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

बैठकमा आगामी दिनमा स्थानीय निर्वाचनको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ । आज बाँकी केन्द्रिय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निस्कर्ष निकाल्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

 

यस्तै, पार्टीको भ्रातृ संरचना र संगठनहरुलाई पूर्णता दिने र आगामी प्रदेश र संघको निर्वाचनका लागि नयाँ अभियान शुरु गर्नुपर्ने कुरा पनि उठेको उनले बताए । उनले पार्टी भित्रका असन्तुष्टिहरु पार्टीभित्र नै कुराहरु अभिव्यक्त गर्नुपर्ने कुरापनि छलफल भएको बताए । त्यस्तै, सरकारका एकवर्षे कामहरुको बारेमा पनि छलफल भएको थियो ।

 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बुधबारको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाईँ, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गरेका थिए । 

 

यसैगरी बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले आआफ्नो धारणा राखेका थिए ।

 

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर

एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ । ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा

माल्दीभ्स भागेका श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर पुगे

कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गरेका छन् । बुधबार सबेरै बिहान श्रीलङ्काको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्ष मालेमा एक

हैजाका बिरामीको संख्या २८ पुग्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको बत





Source link

Leave a Comment