- बुधबार, २९ आषाढ, २०७९
- 18 hours ago
- खेल
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज बुधबार घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने स्कटल्याण्ड २१ खेलमा ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो ।
स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।
एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताएका छन् ।