एजेन्सी । श्रीलंकामा संकटकाल लगाइएको छ । जनताको प्रदर्शनका कारण अवस्था थप बिग्रिएको छ । यसैबीच, श्रीलंका छाडेर माल्दिभ्स पुगेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर जाने तयारीमा रहेका छन् ।
उनी माल्दिभ्सबाट सिंगापुर जाने योजनामा छन् र यसका लागि उनले माल्दिभ्स सरकारसँग निजी जेटको माग गरिरहेका छन् ।
माल्दिभ्समा श्रीलंकाका राष्ट्रपतिको पनि ठूलो विरोध भइरहेको छ । त्यसैकारण गोटाबाया राजपक्षेले माल्दिभ्स सरकारसँग सिंगापुर जानका लागि निजी जेट माग गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स छोड्न निजी जेटको प्रतिक्षामा छन्। उनीहरु त्यहाँबाट जुनसुकै बेला सिंगापुर जान सक्छन् ।
माल्दिभ्समा विरोध प्रदर्शनको सामना गरिरहेका गोटाबायालाई त्यहाँ आफ्नो ज्यानको डर भएको बताइएको छ। यस्तो अवस्थामा उनले माल्दिभ्स सरकारसँग निजी जेटको माग गरेका हुन् ।
गोटाबाया राजापाक्षे बुधबार राति नै माल्दिभ्सबाट सिंगापुरको उडान समात्न लागेका थिए, तर यहाँ पनि भारी विरोधका कारण उनले रद्द गरेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ। लोकप्रिय गायक राजेश पायल राईले गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत ‘तिमिलाई रोजे’ आफ्नो स्वरमा रि–रेकर्ड गर्ने भएका छन्।
रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्
सिड्नी। चर्चित सांगितिक समूह १९७४ एडीले अष्ट्रेलियाको सिड्नीमा आफ्नो प्रस्तुति दिने भएको छ।
आगामी सेप्टेम्बर ९ शुक्रबारको दिग ब्याण्डले आफ्नो प्रस्तुति दिन लागेको हो। सो कार्यक्रम न्यू साउथ वेल
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई तबला उपहार दिएका छन्। अध्यक्ष ओलीको आमन्त्रणमा बुधबार बालकोट पुगेका मेयर बालेनलाई ओलीले उपहार दिए