पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै


काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ ।

आजको बैठकमा अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने तालिका रहेको छ ।

सुरुमा समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागजात तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थसचिव र राजस्व सचिवसँग छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले हिजोको बैठकमा एजेन्डामा छलफल हुन सकेको थिएन ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। 
 





Source link

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com