वडा कार्यालय भाडामा लगाउदै गोदावरी नगरपालिका


ललितपुर खबर
४ साउन ०७९, चापागाँउ । गोदावरी नगरपालिकाले चापागाँउ प्याङगाँउको वडा कार्यालयका सटरहरु भाडामा लगाउने भएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै रितपुर्वक निवेदन दिन आह्वान गरेको हो ।
३ हजार बर्यफिट रहेको सटरको नगरपालिकाले न्युनतम १ लाख पचास हजार भाडा तोकेको छ । टेण्डरमा सहभागी हुन चाहनेले ९० हजार घरौटी र ३ हजार शुल्क बुझाउनु पर्छ ।
म्याट पान दर्ता, व्यावसाय दर्ता, नागरिकता, कर चुक्ता लगायतको कागजातका साथ साउन १० भित्र नगरपालिकाले निदेदन दिन आग्रह गरेको छ ।
११ गते कार्यालय समयमा टेण्डर खोलिने नगरपालिकाले जानकारी दिएको छ ।
वसपार्क समेत रहेको नगरपालिकाको प्याङ्गाँउ दक्षिण गोदावरीनगरसँगै ललितपुरको वागमती, कोञ्ज्योसोम र महाँकालसँगै उत्तरी मकवानपुरको केन्द्र मानिन्छ ।





Source link

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com