कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल – HamroAwaj

कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल  – HamroAwaj

७ साउन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले अहिलेको गठबन्धन कुनै आदर्श र सिद्धान्तका कारण नगरिएको बताए । नेता पौडेलले अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको … Read more

मन्कीपक्सलाई लिएर डब्ल्यूएचओको विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा – HamroAwaj

मन्कीपक्सलाई लिएर डब्ल्यूएचओको विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा  – HamroAwaj

७ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकीपक्सको प्रकोपलाई लिएर विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । विश्वव्यापी स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ । मंकीपक्सका बिरामी तीब्ररूपमा बढेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । … Read more

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो धामी–झाँक्री सम्मेलन – HamroAwaj

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो धामी–झाँक्री सम्मेलन  – HamroAwaj

७ साउन, कैलाली । कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ । … Read more

गुड्ने मिनी अस्पताल ! – HamroAwaj

गुड्ने मिनी अस्पताल !  – HamroAwaj

७ साउन, काठमाडौं । नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ । तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, … Read more

युवा सम्मेलनमा सहभागी हुन बस्नेत नेतृत्वको टोली अजरबैजान प्रस्थान – HamroAwaj

युवा सम्मेलनमा सहभागी हुन बस्नेत नेतृत्वको टोली अजरबैजान प्रस्थान  – HamroAwaj

७ साउन, काठमाडौं। असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनमा भाग लिनका लागि शनिबार नेपाली प्रतिनिधि मण्डल अजरबैजानको राजधानी वाकु प्रस्थान गरेको छ। नेपालका तर्फबाट राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा दुई सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो। टोलीमा अर्का सदस्य युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरे रहेका छन् । जुलाई २५ देखि २९ … Read more

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु – HamroAwaj

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु  – HamroAwaj

७ साउन, नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन १ देखि … Read more

प्राइमरी किन र कसरी गर्ने ? – HamroAwaj

प्राइमरी किन र कसरी गर्ने ?  – HamroAwaj

झन्डै ५ वर्षअघि विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापासँग कसरी व्यक्ति केन्द्रित नेपाली राजनीतिमा पार्टीको सिद्धान्त र विचारभन्दा केही नेताहरूको स्वार्थले अग्रस्थान पाइरहेको अवस्थालाई हटाउने भनेर छलफल भइरहन्थ्यो । अमेरिकी प्रकारको प्राइमरी चुनाव गरे राजनीतिमा देखा परेको व्यवसायीकरणलाई न्यून पार्न सकिन्छ कि ? पेशा व्यापारमा लागेका देशप्रेमी असल व्यक्तिहरूलाई चुनाव अघि मात्रै उठ्ने मञ्च … Read more

विवेकशील साझाका कर्णाली पूर्वसंयोजक दाहाल एमाले प्रवेश – HamroAwaj

विवेकशील साझाका कर्णाली पूर्वसंयोजक दाहाल एमाले प्रवेश  – HamroAwaj

७ साउन, सुर्खेत । विवेकशील साझा पार्टीको कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथी देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिएका … Read more

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य – HamroAwaj

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य  – HamroAwaj

७ साउन, रुपन्देही । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ … Read more

धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित २ युवक पक्राउ – HamroAwaj

धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित २ युवक पक्राउ  – HamroAwaj

७ साउन, धनगढी । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने … Read more