चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त – HamroAwaj

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त  – HamroAwaj

अभिनेता भुवन केसी । फाइल तस्वीर काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, … Read more

रेमिट्यान्सले कतिन्जेल थेग्ला उफ्रिरहेको आयात ? – HamroAwaj

रेमिट्यान्सले कतिन्जेल थेग्ला उफ्रिरहेको आयात ?  – HamroAwaj

९ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न वस्तुको आयात गर्दा १९ खर्ब २० अर्बको रुपैयाँ बराबरको विदेशी मुद्रा विदेशमा भुक्तानी गर्‍यो । स्वदेशी उत्पादनको निर्यातबाट २ खर्ब ३ करोड बराबरको विदेशी मुद्रा कमायो । वैदेशिक व्यापारबाट हुने विदेशी मुद्राको आय कम र खर्च धेरै हुँदै गएपछि नेपालको अर्थतन्त्र झनै समस्यातिर धकेलिन … Read more

किन कमजोर बनिरहेछ नेपाली पासपोर्ट ? – HamroAwaj

किन कमजोर बनिरहेछ नेपाली पासपोर्ट ?  – HamroAwaj

हेन्ली एण्ड पार्टनर्स विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता हो। यसले सन् २००६ देखि निरन्तर रूपमा विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) र कम शक्तिशाली पासपोर्ट मापन गर्दै आएको छ। जुन देशले सबैभन्दा बढी मुलुकमा अन अराइभल भिसा पाउँछ अर्थात् विश्वका कति देशले भिसा विना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त संस्थाले … Read more

सिन्धुपाल्चोकमा इन्द्रावतीले बगाएर २ जनाको मृत्यु – HamroAwaj

सिन्धुपाल्चोकमा इन्द्रावतीले बगाएर २ जनाको मृत्यु  – HamroAwaj

९ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका-५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका हुन् । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल … Read more

रुपन्देही तिलोत्तमामा कल सेन्टरबाट ठगी धन्दा, २ जना पक्राउ – HamroAwaj

रुपन्देही तिलोत्तमामा कल सेन्टरबाट ठगी धन्दा, २ जना पक्राउ  – HamroAwaj

९ साउन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा २ सय भन्दा बढी युवा राखेर कल सेन्टर चलाइरहेका २ जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ । ब्लु स्काई सोलुसन प्रालिको नाममा गोप्यरुपमा चलेको कल सेन्टरका सञ्चालक भारतीय नागरिक २५ वर्षका जिसाद दबंग भनिने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका– १३ का हिमाली बाठामगरविरुद्ध ठगी … Read more

ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु – HamroAwaj

ट्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु  – HamroAwaj

९ साउन, जनकपुरधाम । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका– ५ बस्ने २२ बर्षीय रमेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लालीका प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए । गिटी लोड गरेको ना ७ त १७३५ नम्बरको ट्याक्टरले धनकौल गाउँपालिका–२ स्थित मधुवनी सडक खण्डमा आइतबार राति ठक्कर दिँदा बीआर … Read more

आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुन सक्छ : खिमलाल देवकोटा – HamroAwaj

आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुन सक्छ : खिमलाल देवकोटा  – HamroAwaj

९ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाटवंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए । यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका व्यक्त … Read more

नागरिकता विधेयकमा सरकारले बलमिच्याइँ गर्‍यो : विमला राई – HamroAwaj

नागरिकता विधेयकमा सरकारले बलमिच्याइँ गर्‍यो : विमला राई  – HamroAwaj

९ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले विधेयकलाईसरकारले बलमिच्याइँ गरेर ल्याएको बताएकी हुन् । उनले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको … Read more

सरकारले नेपालमा छायांकन हुने विदेशी फिल्मलाई छुट दिने – HamroAwaj

सरकारले नेपालमा छायांकन हुने विदेशी फिल्मलाई छुट दिने  – HamroAwaj

नेपालमा छायांकज भएको हलिउड फिल्म डक्टर स्ट्रेन्जको एक दृश्य काठमाडौं । सन् २०२३ देखि २०३३ सम्म नेपालमा छायांकन हुने विदेशी फिल्मले छुट पाउने भएका छन् । सरकारले यो अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ । विदेशी मुद्राको आम्दानी बढाउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको ७४ वटा पुनरुत्थान कार्यक्रममा यो … Read more

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको असन्तुष्टि – HamroAwaj

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको असन्तुष्टि  – HamroAwaj

९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंगठनहरुले संसदमा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असन्तुष्टि जनाएका छन् । उनीहरुले अहिलेको कानुन संशोधनका क्रममा केही सुधारका संकेत देखिए पनि अहिलेको अवस्थामा पीडितलाई पूर्ण न्याय नहुने औल्याएका हुन् । एम्नेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिष्टस्, ह्यूमन राइट वाच र ट्रायल इन्टरनेशनलले  अहिले संसदमा पेस भएको विधेयकले अन्तर्राष्ट्रिय … Read more