नेपाली जनप्रगतिशील मञ्चले जापानमा गर्ने कार्यक्रममा प्रचण्ड सहभागी हुने – HamroAwaj


१० साउन,  जापान । २१ साउनमा जापान आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ता हुने भएका छन् ।

नेपाली जनप्रगतिशील मञ्चका महासचिव बाबुराम पौडेलका अनुसार अगस्ट ७ तारिखका दिन टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि अन्तरक्रिया कार्यक्रम हुने छ ।

नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान गर्नका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ प्रचण्डको भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरि द्वीपक्षीय सम्बन्धका विषयमा छलफल पनि गर्ने छन् । प्रचण्डले जापानका विभिन्न ऐतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने मञ्चका अध्यक्ष पन्तले बताए ।





Source link

HamroAwaj

2022-07-26 19:21:09

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com