बाक्लिँदो भ्रमण शृंखला : नेपालमा प्रभाव बढाउने शक्ति राष्ट्रको होडबाजी – HamroAwaj

बाक्लिँदो भ्रमण शृंखला : नेपालमा प्रभाव बढाउने शक्ति राष्ट्रको होडबाजी  – HamroAwaj

Photo Credit : अमेरिकी दूताबास काठमाडौं आएकै दिन एक कार्यक्रममा अमेरिकी कम्पनी पूर्णालाई एसीई अवार्ड प्रदान गर्दै सहायक विदेशमन्त्री डोनाल्ड लु १२ साउन, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले तीन दिने भ्रमण सम्पन्न गरेर फर्किएको दुई सातापछि बिहीबार अमेरिकाबाट सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । दुवै उच्चस्तरीय … Read more

चुनावी गठबन्धनबारे माओवादीमा ३ धार – HamroAwaj

चुनावी गठबन्धनबारे माओवादीमा ३ धार  – HamroAwaj

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रमा आगामी चुनाव र तालमेलका विषयमा नेताहरुको तीन धार देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही सत्ता गठबन्धनलाई नै थप मजबुत बनाउने धारणा अघि सरिरहेका बेला माओवादीभित्र कांग्रेस र एमालेबाहेकको छुट्टै समाजवादी मोर्चा बनाएर जानुपर्ने र एमालेसहितको वाम गठबन्धन बनाउनुपर्ने विषयमा पनि बहस भइरहेको छ । … Read more

आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने – HamroAwaj

आमाको थर र  ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने  – HamroAwaj

१२ साउन, काठमाडौं । आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ । सरकारले सुरु (२४ असार २०७९) मा … Read more

वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल – HamroAwaj

वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल  – HamroAwaj

१२ साउन, काठमाडौं । वाम समाजवादी मोर्चा बनाउने प्रयासमा रहेका तीन दलबीच बिहीबार पनि छलफल भएको छ । पाँचदलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) तेस्रो मोर्चा बनाउने प्रयासमा छन् । बिहीबार पनि तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । ‘वाम समाजवादी मोर्चा बनाउने र नेपाली कांग्रेससँग तालमेल … Read more

बेंसीशहर–चामे सडक मर्मत गर्नै सकस – HamroAwaj

बेंसीशहर–चामे सडक मर्मत गर्नै सकस  – HamroAwaj

फाइल तस्वीर १२ साउन, मनाङ । भौगोलिक रुपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्डको सडकखण्ड बेंसीशहर–चामे मर्मत गर्नै सकस भएको छ । बाढीपहिराले क्षति पुर्‍याएको सडक खण्डको समयमा मर्मत गर्न सकिएको छैन । सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम … Read more

मकवानपुरमा मनहरि खोलाले बगाउँदा एक जनाको मृत्यु – HamroAwaj

मकवानपुरमा मनहरि खोलाले बगाउँदा एक जनाको मृत्यु  – HamroAwaj

१२ साउन, हेटौंडा । मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिकाको वडा नम्वर ३ र ७ को सिमामा रहेको मनहरि खोलाले बगाउँदा बुधबार दिउँसो ५८ वर्षीय जितबहादुर प्रजाको मृत्यु भएको वडा नम्वर ७ का वडाध्यक्ष उदाशकुमार भोलनने जानकारी दिए । वडा नम्वर ३ मा रहेको कालिकाटार बजारबाट घरायसी सामान खरिद गरि … Read more

हराएको स्कुटर चोरी आरोपमा युवक पक्राउ – HamroAwaj

हराएको स्कुटर चोरी आरोपमा युवक पक्राउ  – HamroAwaj

१२ साउन, काठमाडौं । प्रहरीले स्कुटर चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेकोछ । काठमाडौं माछापोखरीबाट हराएको तनहुँ भीरकोटका विजय थापाको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वतका निरज थापालाई पक्राउ गरेको हो । विजय थापाको बागमती प्रदेश-०२-०३७ प ९४१० नम्बरको खैरो रङको स्कुटर चलाइरहेको अवस्थामा प्रहरीले माछापोखरी बस्ने वर्ष २२ का निरजलाई पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी … Read more

माधव नेपालको बामे सर्दो पार्टीमा विचलनका स्वरहरू – HamroAwaj

माधव नेपालको बामे सर्दो पार्टीमा विचलनका स्वरहरू  – HamroAwaj

११ साउन, काठमाडौं । तस्वीर आफैं नबोल्लान्, तर इतिहासका खास कालखन्डमा तिनका अर्थ विशेष हुन्छन् । त्यस्तै विशेष क्षणको दृश्य थियो, एक वर्षअघि अध्यक्ष माधवकुमार नेपालको हात समाएर निर्वाचन आयोगतर्फ पाइला सारिरहेकी नेता रामकुमारी झाँक्रीको तस्वीर । प्रसंग थियो, नयाँ दल दर्ताको । नेकपा एमालेबाट ‘विद्रोह’ गरेर नयाँ दल निर्माणको जोखिम उठाउन नेपाललाई झाँक्री जस्तै … Read more

१० अर्बको औषधि खरिद भएको छैन : स्वास्थ्य सेवा विभाग – HamroAwaj

१० अर्बको औषधि खरिद भएको छैन : स्वास्थ्य सेवा विभाग  – HamroAwaj

१२ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागले गत आर्थिक वर्षमा १० अर्बको नभई एक अर्ब ९३ करोड रुपैयाँको औषधि र उपकरण खरिद भएको स्पष्टिकरण दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता भएको आशंका गर्दै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण … Read more

राष्ट्रिय गौरवका आयोजना पूर्वतयारीविनै घोषणा, कार्यान्वयनमा समस्या : अध्ययन – HamroAwaj

राष्ट्रिय गौरवका आयोजना पूर्वतयारीविनै घोषणा, कार्यान्वयनमा समस्या : अध्ययन  – HamroAwaj

प्रस्तावित निजगढ विमानस्थल/फाइल तस्वीर १२ साउन, काठमाडौं । नेपालमा पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुने गरेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्वतयारीविना राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदा कार्यान्वयनको मोडालिटी नै स्पष्ट नभएको देखाएको हो । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना … Read more