आँचल र विवेकको फिल्म ‘वर एन्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन – HamroAwaj


काठमाडौं । मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एन्ड वधु’ छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भैरहेको छ ।

बुधबारसम्म यास सहरमा भैरहेको छायांकन बिहीवारदेखि कन्सटंगा सहरमा सुरु हुने जानकारी निर्देशक चाम्सले दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ ।

यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं फर्कने तयारीमा छ । ‘यहाँ सुटिङ गर्नु निकै आरामदायी भैरहेको छ । निकै रमाइलो । लोकेसनको कारण यो फिल्मले बेन्चमार्क खडा गर्नेछ’ चाम्सले अनलाइनखबरसँग भने ।

आगामी चैत वा बैशाखमा प्रदर्शन तयारी रहेको यो फिल्मले बिहे र संस्कृतिलाई चित्रण गर्छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।





Source link

HamroAwaj

2022-07-28 10:41:42

Leave a Comment