आफ्नै बायोपिक फिल्म निर्देशन गर्दै पपस्टार म्याडोना – HamroAwaj


लस-एन्जल्स । पपगायिका म्याडोनाले आफ्नै जीवनमाथि बन्ने बायोपिक फिल्मको लेखन एवं निर्देशन गर्ने भएकी छन् । विश्व पपसंगीतमा ‘रानी’ उपनामले चिनिने उनले आफ्नो जीवन, दशक लामो करिअर र कलाकारिता यात्रालाई फिल्ममा निर्देशन गर्नेछिन् ।

‘लिटल वुमन’ र ‘स्पाइडरम्यान : होम कमिङ’ निर्माता एमी पास्कलसँग मिलेर उनले फिल्म पनि निर्माण गर्नेछिन् । फिल्म निर्देशन गर्ने म्याडोनाको निर्णय निकै दुर्लभ हो किनभने सुपरस्टारहरु यस्ता परियोजनामा या त सल्लाहकार या त नाम मात्रकै हुन्छन् ।

तर, ‘होलिडे’ फेम्ड गायिकालाई आफ्नो कथा आफै भन्नु महत्वपूर्ण लाग्यो । ‘जुन जीवनले मलाई कलाकार, संगीतकार र एक मानवको रुपमा संसारमा बाटो देखायो, म यो कुरालाई अविश्वसनीयरुपमा देखाउन चाहन्छु’ म्याडोनाले विज्ञप्तिमा भनेकी छन् ।

‘यो फिल्म संगीतमा केन्द्रित हुनेछ । किनभने संगीतले मलाई निरन्तरता दिएको र कलाले जीवित राखेको छ । यहाँ धेरै नभनिएका र प्रेरणादायी कथाहरु छन् र मभन्दा राम्रोरुपमा कसले भन्न सक्छ । मेरो उतारचढावपूर्ण यात्रा सबैलाई भन्नु जरुरी छ’ उनी भन्छिन् ।

सन् २०११ को ‘रोयल ड्रामा’ र सन् २००८ को ‘फ्लिथ एन्ड विजडम’लाई यसअघि म्याडोनाले निर्देशन गरिसकेकी छन् । भेराइटी म्यागजिनका अनुसार जुलिया गार्नरले म्याडोनाको यो बायोपिकको लागि मुख्य भूमिका निर्वाह गर्दैछिन् ।





Source link

HamroAwaj

2022-07-28 16:15:56

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com