पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप – HamroAwaj

१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीकी सुनिता पाण्डेले करिब छ महिनाअघि छिमेकी सुनिता कार्कीसँग आफ्ना श्रीमानलाई संकेत गर्दै भनेकी थिइन्, ‘कुनै दिन मलाई यसैले मार्छ होला, खुकुरी र कर्ध पनि राखिबस्छ ।’ पति दिनेश पाण्डेसँग हुने रातदिनको झगडाबाट वाक्क भएर उनले यसो भनेकी थिइन् होला । तर भयो त्यस्तै । दिनेशले सुनिता मात्र होइन, … Read more

महाकाली सन्धिमा कमजोरी भयो : एमाले अध्यक्ष ओली – HamroAwaj

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार पूर्वजलश्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले तल्लो सारदा नहरलाई पानी नछुट्याउनु पनि कमजोरी भएको बताएका हुन् । २०४८ सालमा भएको टनपकुर सम्झौतालाई समझदारी भनेर संसद छल्न खोजेपनि आफूहरुले नदिएको ओलीले बताए । त्यसका बाबजुद … Read more

नयाँ अर्थ सचिवको खोजी, को-को छन् दाबेदार ?  – HamroAwaj

१६ साउन, काठमाडौं । नयाँ अर्थसचिवको खोजी सुरु भएको छ । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले दोस्रो कार्यकाल थालेसँगै मधुकुमार मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सरुवा माग्दै मन्त्रालयमा हाजीर नभएपछि नयाँ अर्थ सचिव ल्याउन गृहकार्य सुरु भएको हो । आइतबारददेखि मरासिनी मन्त्रालयमा हाजीर भएका छैनन् । अब मरासिनीलाई सरुवा गर्ने लगभग पक्का भइसकेको छ । प्रधानमन्त्री … Read more

प्रदर्शनमा कार्यकर्ता, आरतीमा ओली – HamroAwaj

१६ साउन, काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी भूमिका बलियो बनाउन महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध सोमबार जनप्रदर्शन गरेको छ । जनप्रदर्शन बसन्तपुरबाट निस्किएर शान्तिबाटिकासम्म पुगेको थियो । उपत्यकाका तीन वटै जिल्ला, उपत्यका विशेष प्रदेश कमिटी, जनसंगठन, सम्पर्क समन्वय कमिटी, केन्द्रीय निकाय लगायतले जनप्रदर्शनमा कार्यकर्ता उतारेका थिए । बसन्तपुर, नरदेवी, टंगाल, बांगेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकासम्म पुगेको … Read more

सडक नै नभएको ठाउँमा पाँच करोडको पक्की पुल – HamroAwaj

१६ साउन, गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो । गण्डकी प्रदेशका पूर्व … Read more

अर्थमन्त्रीका आगामी संकट, जसलाई नियाल्न सीसीटीभी चाहिन्न – HamroAwaj

१६ साउन, काठमाडौं । आइतबार जनार्दन शर्मा नैतिक प्रश्नहरुलाई कुल्चिंदै पुनः अर्थ मन्त्रालयभित्र प्रवेश गरे । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएकोबारे संसदीय समितिबाट भएको कमजोर छानबिनको निष्कर्षमा आधारित भएर फेरि अर्थ मन्त्रालय छिरेका शर्माले अर्थ मन्त्रालयमै न्यानो स्वागत पाएनन् । पहिलो दिनमै अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहनुले नै शर्माबारे अर्थ मन्त्रालयभित्र कस्तो मनोविज्ञान … Read more

६ जिज्ञासा र जवाफ : सरकारले फेरि वार्ता गरे विप्लवविरुद्धको मुद्दा फिर्ता हुन सक्छ ? – HamroAwaj

१६ साउन, काठमाडौं । जिल्ला अदालत ललितपुरले सोमबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)सहित विभिन्न नेता तथा कार्यकर्ताविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरिएको सूचना सार्वजनिक गर्‍यो । गत शुक्रबार जिल्ला अदालतबाट जारी भएको यो आदेशपछि उनीहरूले म्यादभित्र हाजिर भएनन् भने प्रहरीले उनीहरूलाई जहाँ पनि पक्राउ गर्नसक्छ । अदालतले जारी गरेको आदेश, त्यसको … Read more

जसपा नेता गौतमले खोले ४० वर्षमुनिका युवाको दल – HamroAwaj

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता श्यामबाबु गौतमले नयाँ दल बनाएका छन् । केही समयदेखि निष्क्रिय रहेका गौतमले ४० वर्षमुनिका युवालाई समेटेर आफ्नो नेतृत्वमा पुनर्जागरण पार्टी दर्ता गरेका हुन् । पार्टीको महासचिवमा रविकिरण हमाल छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत महिला छन् । गौतमका अनुसार उनको समूहले दलको नाम चिया … Read more

गौतमश्री सहकारीविरुद्ध १,१४५ जना बचतकर्ताको उजुरी, डेढ अर्बको दाबी – HamroAwaj

१६ साउन, काठमाडौं । सहकारी विभागमा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध १,१४५ जना बचतकर्ताले ठगीको उजुरी दिएका छन् । सहकारीले करिब २५ हजार बचतकर्ताको करिब ७ अर्ब रुपैयाँ बचत परिचालन गरेको अनौपचारिक जानकारी आएको विभागका अधिकारीहरु बताउँछन् । बचतकर्ताहरुले करिब डेढ अर्ब रकम ठगी भएको दाबीसहित उजुरी दिएको विभागका सूचना अधिकारी टोलराज उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए … Read more

अत्यधिक भीडले पर्साको प्रशासन कार्यालय अस्तव्यस्त – HamroAwaj

१६ साउन, वीरगञ्ज । पर्साको जिल्ला प्रशासन कार्यालय हिजोआज दिनभर अस्तव्यस्त देखिन्छ । नागरिकता, राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन आउने सेवाग्राहीले दिनभर लामो लाइन बस्दा पनि सेवा पाएका छैनन् । प्रशासन कार्यालय अस्तव्यस्त र भद्रगोल अवस्थाबारे कांग्रेसकी स्थानीय नेता तथा सिद्धार्थ इन्टरनेशनल कलेजकी निर्देशन सुष्मा द्विवेदीले ६ असारमा फेसबुकमा लामो स्टाटस लेखिन् । … Read more

WP2Social Auto Publish Powered By : XYZScripts.com