विमानबाट समातिएका व्यक्ति चोरीको सुन किन्ने आरोपित – HamroAwaj


१८ साउन, काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट पक्राउ परेका व्यक्तिको परिचय खुलेको छ । उनी कैलालीका सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।

चोरी सुन किनेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजााच गरेको थियो । सबै यात्रु ओराले प्ररहीले सुरक्षा जााच गरेको थियो ।

उक्त विमानमा चढिसकेका लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको थियो ।

प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे हृवाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए ।

प्रहरीले लामिछानलाई नियन्त्रणमा लिएपछि उनीसाग रहेका एक आफन्तले पनि मुम्बई नजाने बताएका थिए । निर्धारितभन्दा २ घण्टा ढिला गरी विमान मुम्बइका लागि उडेको थियो ।





Source link

HamroAwaj

2022-08-03 16:36:39

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com