विमानस्थलमा विशेष ब्यूरोको अपरेशन : चार आनाको मुर्गीलाई १२ आनाको मसला – HamroAwaj

१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी विमान बुधबार दिउँसो १ः१० मुम्बईका लागि उडिसक्नुपर्ने थियो । १२९ जना यात्रु बोकेको जहाज उडानका सबै तयारी पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गतर्फ प्रस्थान गर्न लागेको थियो । एक्कासी पाइलट नरबहादुर विश्वकर्मालाई विमानमा ‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति’ रहेको सूचना आयो । उनले ग्राउण्ड स्टाफसँग सम्पर्क गरेर कुराकानी गरे … Read more

नवनियुक्त परराष्ट्र सल्लाहकार सुवेदी : ऋण नतिरे कैद बस्नुपर्ने – HamroAwaj

१९ साउन, काठमाडौं । सरकारले बिहीबार अरुणकुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गर्‍यो । बुढानीलकण्ठ नगरपालिका–१३ स्थायी ठेगाना भएका सुवेदीको विभिन्न क्षेत्रमा लगानी छ । रोचक तथ्य के छ भने, उनलाई भेट्यो भने प्रहरीले तत्काल पक्राउ गरेर अदालत पेश गर्न सक्छ र अदलतले कैद गराउन पाउँछ । लेनदेन मुद्दामा करिव ६ लाख रुपैयाँ नतिरेको … Read more

किर्ते गरेर नागरिकता लिएको भन्दै डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवविरुद्ध उजुरी – HamroAwaj

१९ साउन, जनकपुरधाम । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको र उपप्रमुखमा समेत निर्वाचित भएको भन्दै  जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ । मीरा र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी भएको उजुरीमा उल्लेख छ । मीरा, … Read more

सुरु भयो जनादेशको दौड, ध्रुबीकरण कस्तो रहला ? – HamroAwaj

१९ साउन, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच बुधबार साँझ जुटेको सहमति अनुसार, सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । उक्त सहमति अनुसार, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे निर्णय गरेको हो … Read more

महँगिदै छ चुनाव, सरकारलाई खर्च जुटाउन दबाव – HamroAwaj

१९ साउन, काठमाडौं । वैशाखमा स्थानीय तह चुनाव गरेको सरकारले यसै वर्षको मंसिरमा संघ र प्रदेशको पनि आमचुनाव गर्ने घोषणा गरेको छ । महँगीको दर दोहोरो अंकमा पुग्न लाग्दा घोषणा भएको निर्वाचन अर्थतन्त्रका लागि कति फलदायी होला त ? अर्थविद डा. रेशम थापा अर्थतन्त्रका हिसावले चुनावको खर्च महँगो भए पनि लोकतन्त्रका लागि अपरिहार्य र सुन्दर … Read more

देउवा, ओली र प्रचण्डको ‘अन्तिम चुनाव’ : इतिहास रच्ने कि इतिहास बन्ने ? – HamroAwaj

१९ साउन, काठमाडौं । सत्ता साझेदार, अझ भनौं यो सत्ता गठबन्धनका सबैभन्दा ठूला संरक्षक माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आसन्न आम चुनावलाई फागुनसम्मै तन्काउन चाहन्थे । तर प्रधानमन्त्री शेरबहादुर देउवाका लागि एकातिर पार्टीको दबाव, अर्कातिर ज्योतिषीको साइत । अनि हरेकपल्ट क्याबिनेट बैठक नसकिँदै प्रतिपक्षी एमालेका ‘बोलक्कड’ अध्यक्ष केपी ओलीको चुनाव खोई भन्ने कटाक्ष सुन्नुपर्ने … Read more

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने – HamroAwaj

१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अदालतले पुराना … Read more

वीरगञ्जमा मुख्यमन्त्रीले गरे सडक शिलान्यास – HamroAwaj

१९ साउन, वीरगञ्ज । संघ र प्रदेशसभाको निर्वाचन निर्वाचनको मिति तय हुँदै गर्दा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो निर्वाचन क्षेत्रमा सडकको शिलान्‍यास गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा पर्ने वीरगञ्ज–१६ नगवामा बिहीबार बिहान ४.५ मिलोमिटर सडकको शिलान्‍यास गरेका हुन् । वीरगञ्‍ज मुख्यमन्त्री राउतकै निर्वाचन क्षेत्रमा पर्छ । ०७४ सालको निर्वाचनमा … Read more

जबराविरुद्धको महाअभियोग अघि बढाउने तयारी, एमालेले के गर्ला ? – HamroAwaj

१९ साउन, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको घोषणा गरे लगत्तै सत्तारुढ गठबन्धन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग अगाडि बढाउने तयारीमा जुटेको छ । गठबन्धनका नेताहरुका अनुसार साउन २२ गतेको प्रतिनिधिसभाको बैठकबाटै महाअभियोग अगाडि बढाउने तयारी छ । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्मा भन्छन्, ‘अगाडि नबढाइ नहुने प्रस्तावहरु ल्याउने भन्ने छ । त्यसमा यो … Read more

साढे ६ अर्बको प्रादेशिक अस्पताल भवनको ठेक्कामा फेरि मिलेमतो – HamroAwaj

१९ साउन, काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ । लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८ को निर्णयअनुसार आह्वान भएको टेण्डर पनि सेटिङमा थियो । कम्पनी छानेर फर्जी … Read more

WP2Social Auto Publish Powered By : XYZScripts.com