कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु – HamroAwaj


२१ साउन, धनगढी । कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ को जमरा कुलोमा नुहाउने क्रममा डुबेर एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

उनको शव परीक्षणका लागि अहिले टीकापुर अस्पतालमै राखिएको छ ।





Source link

HamroAwaj

2022-08-06 14:52:21

Leave a Comment