नियम मिचेर भाडा सम्झौता, अनधिकृत संरचना हटाउन आनाकानी – HamroAwaj

नियम मिचेर भाडा सम्झौता, अनधिकृत संरचना हटाउन आनाकानी  – HamroAwaj

२४ साउन, काठमाडौं । डेढ रोपनी सरकारी जग्गा र त्यसमा बनेको संरचनालाई लिएर काठमाडौं महानगरपालिका र नर्भिक इन्टरनेसनल अस्पतालबीच तनाव बढेको छ । महानगरका मेयर बालेन साहले अस्पतालले भाडामा लिएको सरकारी जग्गामा बनेको संरचना नक्सा पास विना बनेको भन्दै भत्काउन ताकेता गरेका छन् । यसका लागि उनी आफैं दुई दिनमा दुई पटक थापाथलीस्थित अस्पताल परिसरमा … Read more

डोटीमा पाँच महिनापछि फेरि कोरोना संक्रमण – HamroAwaj

डोटीमा पाँच महिनापछि फेरि कोरोना संक्रमण  – HamroAwaj

२४ साउन, डोटी । डोटीमा पाँच महिनापछि पहिलो पटक कोरोना सक्रमण देखिएको छ । सोमबार १९ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कार्यालयका अनुसार कोरोना सक्रमण पुष्टि भएका चार जना जोरायल गाउँपालिकाका र एक जना आदर्श गाउँपालिकाका बासिन्दा हुन् । संक्रमितमध्ये केही व्यक्तिहरु एक महिना … Read more

चुनाव लडेर नथाक्ने नेताहरू, जो सातौं पटक उम्मेदवार बन्ने बाटोमा – HamroAwaj

चुनाव लडेर नथाक्ने नेताहरू, जो सातौं पटक उम्मेदवार बन्ने बाटोमा  – HamroAwaj

२४ साउन, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव आगामी ४ मंसिरमा घोषणा भएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सिट बाँडफाँटको गृहकार्य नै सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रिने लगभग पक्का जस्तो छ । गठबन्धनविरुद्ध हुने चुनावी प्रतिस्पर्धाको तयारीमा एमाले नेता–कार्यकर्ता जुटिसकेका … Read more

अलमुताइरीले भने : एन्फाको चिठ्ठी पाएकै छैन, के जवाफ दिनु ? – HamroAwaj

अलमुताइरीले भने : एन्फाको चिठ्ठी पाएकै छैन, के जवाफ दिनु ?  – HamroAwaj

२४ साउन, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फाको कुनै पत्र नपाएको बताएका छन् । खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबारे महासचिव किरण राईले अलमुताइरीको धारणा माग्दै पत्र पठाएको तर त्यसको जवाफ नपाएको एन्फा श्रोतले बताएको थियो । एन्फाको पहिलो कार्यसमिति बैठकले महासचिव किरण राईलाई प्रशिक्षकको विषयमा … Read more

मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे – HamroAwaj

मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे  – HamroAwaj

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् । लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । … Read more

‘सधैं जलाउँछु-मार्छु भन्थ्यो, पापीले जलाएरै छाड्यो’ – HamroAwaj

‘सधैं जलाउँछु-मार्छु भन्थ्यो, पापीले जलाएरै छाड्यो’  – HamroAwaj

२४ साउन, काठमाडौं । कीर्तिपुर अस्पतालको बर्नवार्ड । बेड नम्बर ४०७ । लमतन्न छिन् महोत्तरी भंगाहाकी प्रमिला देवी सदा (३५) । उनको शरीरभरि सेतो पट्टी बाँधिएको छ । पीडा बढ्दा छटपटिन खोज्छिन् । ७० प्रतिशत जलेको शरीर, छटपटिन पनि कहाँ मिल्छ र ? पीडा व्यक्त गर्ने एक मात्रै माध्यम छ उनीसँग, लामो-लामो सुस्केरा र ऐया … Read more

तिलावे पुलमा पप्पु : काम गर्न पछाडि, जस लिन अगाडि – HamroAwaj

तिलावे पुलमा पप्पु : काम गर्न पछाडि, जस लिन अगाडि  – HamroAwaj

२४ साउन, वीरगञ्ज । २२ साउन आइतबार पर्सा क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियारले तिलावे पुलको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे । ‘वीरगञ्ज ठोरी हुलाकी मार्ग अन्तर्गत पर्साको तिलावे नदीमा पुल स्थलगत अवलोकन’, फोटोसँगै उनले लेखेका छन्, ‘पुल सञ्चालनमा आएपछि पर्साको ग्रामीण क्षेत्र र वीरगञ्जको आवागमन सहज हुनेछ ।’ रौनियार पप्पु कन्स्ट्रक्सनका मालिक … Read more

चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड – HamroAwaj

चितवन–३ बाटै चुनाव लड्छु, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड  – HamroAwaj

२४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् । जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताएका हुन् । ‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । … Read more

हजार नाघ्यो कोरोना संक्रमितको संख्या, परीक्षण भए अझै बढ्छ – HamroAwaj

हजार नाघ्यो कोरोना संक्रमितको संख्या, परीक्षण भए अझै बढ्छ  – HamroAwaj

फाइल तस्वीर : काठमाडौंको एक अस्पतालमा भइरहेको कोरोना संक्रमितको उपचार । २४ साउन, काठमाडौं । कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो । जबकी ३१ वैशाखमा संक्रमित … Read more

लुम्बिनी अस्पतालको ठेक्का रद्द गरी छानबिन गर्न एमालेको माग – HamroAwaj

लुम्बिनी अस्पतालको ठेक्का रद्द गरी छानबिन गर्न एमालेको माग  – HamroAwaj

२४ साउन, बुटवल । नेकपा एमालेले साढे ६ अर्ब रुपैयाँ लागतको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्काबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग गरेको छ । एमालेका प्रदेश सांसद एवं पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले ठेक्कामा ‘सेटिङ’ भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले नै ठहर गरेकाले अब अख्तियार र लेखा समितिले छानबिन गर्नुपर्ने … Read more