‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’ – HamroAwaj

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’  – HamroAwaj

२७ साउन, सिड्नी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ‘ बुर्नेट इन्ष्टीच्युड’ ले कोरोना भाइरसको फैलावट न्यूनिकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका … Read more

वाम गठबन्धन : ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए – HamroAwaj

वाम गठबन्धन : ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए  – HamroAwaj

२७ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए । बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम तालमेल हुन्न ।’ पोखरेल मात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूले लामो … Read more

भ्रष्टाचारको अभियोगमा एकसाथ ३४ जना पक्राउ – HamroAwaj

भ्रष्टाचारको अभियोगमा एकसाथ ३४ जना पक्राउ  – HamroAwaj

२७ साउन, जाकार्ता । इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ । पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो … Read more

कैलालीमा जुवा खालबाट दुई लाख ९० हजारसहित चार जना पक्राउ – HamroAwaj

कैलालीमा जुवा खालबाट दुई लाख ९० हजारसहित चार जना पक्राउ  – HamroAwaj

२७ साउन, धनगढी । कैलालीमा दुई लाख ९० हजार रूपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित सन फ्लावर गेस्ट हाउसबाट उक्त रकमसहित जुवाडेलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ४५ वर्षीय सन्देश केसी, गोदावरी नगरपालिका-४ बस्ने ३५ वर्षीय टेकबहादुर … Read more

इरानी महिलाहरू जसलाई कुमारीत्व प्रमाणित गर्न प्रमाणपत्र चाहिन्छ – HamroAwaj

इरानी महिलाहरू जसलाई कुमारीत्व प्रमाणित गर्न प्रमाणपत्र चाहिन्छ  – HamroAwaj

२७ साउन, काठमाडौं । इरानमा विवाहअगाडि कुमारित्व धेरै युवतीहरू र उनीहरूको परिवारका लागि अत्यन्त महत्त्वपूर्ण छ । कयौं पटक पुरुषहरुले कुमारित्व प्रमाणपत्र (भर्जिनिटी सर्टिफिकेट) माग्छन् । विश्व स्वास्थ्य सङ्गठन यो प्रथालाई मानवअधिकारको विरुद्ध मान्छ । पछिल्लो एक वर्षदेखि यो प्रथाविरुद्ध आन्दोलन गर्नेको संख्या पनि बढेको छ । ‘तिमीले मलाई फसाएर मसँग बिहे गर्‍यौ किनकि तिमी कुमारी … Read more

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको खुसी साट्ने, पीडा बिर्सने दिन – HamroAwaj

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको खुसी साट्ने, पीडा बिर्सने दिन  – HamroAwaj

२७ साउन, काठमाडौं ।  नवलपरासी कावासोतीका सुदन पाण्डे जन्मँदा छोरा थिए । परिवारले छोराकै रुपमा उनलाई हुर्कायो, बढायो र पढायो । परिवारले छोराकै व्यवहार गरिरहे पनि उमेर बढेसँगै उनले आफूलाई फरक महसुस गर्न थाले । यतिसम्मकी छोराले बुहारी भित्र्याउँछ भन्ने विश्वासमा बसेका बाबु आमाको विश्वास तोडे उनले । पाण्डेको मनमा जे चाहना थियो, त्यो घरपरिवारलाई … Read more

कालिकादेखि शर्मासम्म घुमेको ठेक्का सेटिङको ‘ग्राण्ड डिजाइन’ – HamroAwaj

कालिकादेखि शर्मासम्म घुमेको ठेक्का सेटिङको ‘ग्राण्ड डिजाइन’  – HamroAwaj

२७ साउन, काठमाडौं । लुम्बिनीको प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० असारमा गोरखापत्र दैनिकमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको बोलपत्र निकाल्यो ६ अर्ब ३७ करोडको बिड क्यापिसटी (लागत अनुमान) को ठेक्काका लागि मागिएको योग्यताले विकास प्राधिकरणमा खैलाबैला भयो । ठेक्कामा योग्यतामा लागत अनुमानको ८० प्रतिशत अर्थात ५ अर्ब ९ करोडको काम गरेको अनुभव तोकिएको थियो । … Read more

बालेनको हातबाट फुत्केको लौरो कसको हातमा ? – HamroAwaj

बालेनको हातबाट फुत्केको लौरो कसको हातमा ?  – HamroAwaj

२७ साउन, काठमाडौं । स्थानीय चुनावमा काठमाडौं मेयरमा उठेका बालेन शाहले आफ्नो चिह्नका रूपमा लौरो लिए । सोहीपरी पोखरालगायत केही ठाउँमा पनि लौरो चिह्न राखी उम्मेदवारी दिनेहरू चर्चामा आए । धरानमा हर्क साम्पाङले पनि लौरो नै लिएर जितेका थिए । संघ र प्रदेश चुनावमा आइपुग्दा भने बालेन र हर्कहरूको, अनि पोखराका गनेस पौडेलहरूको हातबाट लौरो … Read more

‘२६ हजार कैदीबन्दी आफैंमा एउटा फोर्स हो’ – HamroAwaj

‘२६ हजार कैदीबन्दी आफैंमा एउटा फोर्स हो’  – HamroAwaj

कारागारभित्रको परिवेश र परिस्थिति सहज हुँदैन । कारागार भनेको एकदम दुःख हुने ठाउँ हो । जेलभित्र रहँदा कडा अनुशासन पालना गर्नुपर्छ, तर त्यहाँ अनुशासन र आचरण विपरीत काम गरेकै मान्छे हुने गर्छन् । त्यसैले जेलभित्र अनुशासन कायम गराउनु पनि चुनौतीपूर्ण काम हो । यसै कारणले कारागारको अवधारणालाई परिवर्तन गरेर यसलाई सुधार गृहमा लैजाने नीति अघि … Read more

जेलभित्रको सत्तास्वार्थमा सिंहदरबार र बालुवाटारकै संलग्नता – HamroAwaj

जेलभित्रको सत्तास्वार्थमा सिंहदरबार र बालुवाटारकै संलग्नता  – HamroAwaj

२७ साउन, काठमाडौं । जिल्ला कारागार मोरङमा १८ असोज २०७८ मा चौकीदार नवीन राईको झुम्का कारागार सरुवा भएको पत्र अकस्मात् आइपुग्यो । सामान्यतः सम्बन्धित कारागार प्रशासन हुँदै प्रमुख जिल्ला अधिकारीमार्फत कारागार व्यवस्थापन विभागमा पुग्ने पत्रका आधारमा कैदीबन्दीको सरुवा हुने गर्छ । तर, सिफारिस नै नगरिएका राईको ‘रमाना पत्र’ आइपुगेपछि कारागार प्रशासन अचम्ममा पर्‍यो । सरुवाको … Read more