भक्तपुरमा देवीदेवताको भेषमा नीलबाराही नाच (फोटो फिचर) – HamroAwaj


३१ साउन, काठमाडौं । भक्तपुरको बोडेमा चार दिन चार रात मनाइने नीलबाराही नाच मंगलबार सकिएको  छ ।

चार दिनअघि मध्यरातमा सुरु भएको नीलबाराही नाच बोडेको नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै नारायणथानमै पुगी समापन गरिन्‍छ । नीलबाराही नाच बोडेमा गुंलागा द्धितीयामा सुरु भई गुंलागा पञ्चमीसम्म चार दिनसम्म नचाइन्छ ।

नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्ने यकिन प्रमाण छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको मानिन्छ ।

यो नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, द्वारपाल २ र गणेश ४ गरी १९ जना देवी देवताको भेषमा सहभागी हुन्छन् । ती देवगणहरूले घरबाट निस्केदेखि खाना खानु र बोल्नु हुँदैन भन्ने मान्यता छ ।

हेर्नुहोस् तस्वीर 





Source link

HamroAwaj

2022-08-16 16:43:04

Leave a Comment