आमा बनिन् सोनम कपुर ! – HamroAwaj


काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । इन्स्टाग्राममार्फत उनले छोरा जन्माएको खबर सार्वजनिक गरेकी छन् । उनको बिहे बिजनेसम्यान आनन्द अहुजासँग भएको थियो ।

बलिउड संचारमाध्यमका अनुसार मुम्बईको एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो । गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन् । केही दिनअघि भाई अर्जुन कपुरसँग उनी कफी विद करणको सातौं सिजनमा प्रस्तुत थिइन् ।

सोनम र आनन्दले इन्स्टाग्राममा स्टेटमेन्ट सेयर गर्दै सन्तान प्राप्तीबारे जानकारी दिएका छन् । जसमा लेखेका छन, ‘अगस्ट २० तारिखमा हामीले सुन्दर बच्चालाई स्वागत गरेका छौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद जसले हामी यात्रामा साथ दिनुभयो । यो एउटा यात्राको सुरुआत मात्र हो । हामीलाई लाग्छ, हाम्रो जीवन सँधैको लागि बदलिएको छ ।’

मे ८, २०१८ मा सोनम र आनन्दबीच बिहे भएको थियो ।





Source link

HamroAwaj

2022-08-20 20:30:20

Leave a Comment