सानिमा बैंकको डेपुटी सीईओमा पवनकुमार आचार्य नियुक्त – HamroAwaj


काठमाडौं । सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा पवनकुमार आचार्य बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैंठकले आचार्यलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

स्थापनादेखि सानिमा बैंकमा आवद्ध आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुख भएर काम गरिसकेका छन् । उनले सीआईओ, सीपीएफओ र सीओओको समेत भूमिका निर्वाह गरिसकेका छन् । आचार्य, क्रेडिट रिस्क, इन्फ्रस्ट्रकचर/माक्रोफाइनान्स र डिजिटलाइजेसनमा पोख्त मानिन्छन् ।

 





Source link

HamroAwaj

2022-08-21 17:45:51

Leave a Comment