सुन-चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? – HamroAwaj


९ भदौ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३ सय र तेजावी सुन ९४ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १७५ रुपैयाँ कायम गरिएको छ । बुधबार चाँदीको मूल्य १ हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।





Source link

HamroAwaj

2022-08-25 12:47:59

Leave a Comment