भारतीय फुटबलको निलम्बन फुकुवा – HamroAwaj


११ भदौ, काठमाडौं । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । भारतलाई निलम्बन गरेको दुई साता नपुग्दै फिफाले फुकुवा गरेको हो।

निलम्बन फुकुवा भएसँगै भारतले यही भदौमा दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपमा सहभागी हुने बाटोसमेत खुलेको छ ।तर, भारतले खेल्ने वा नखेल्ने भन्ने औपचारिक निर्णय भन्ने भएको छन् ।

साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गते सम्म हुँदैछ । यो प्रतियोगितामा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ ।

 





Source link

HamroAwaj

2022-08-27 07:41:02

Leave a Comment