हट एण्ड स्टाइलिस प्रियंका ! – HamroAwaj

हट एण्ड स्टाइलिस प्रियंका !  – HamroAwaj

काठमाडौं । हट्, बोल्ड एण्ड स्टाइलिस ! यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् । आयंकाकी ममी लेख्छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ … Read more

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना – HamroAwaj

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना  – HamroAwaj

१२ भदौ, काठमाडौं । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-बे । तर पछिल्लो समय प्रवेशद्धार नै छाकिने गरी पसल कबलहरु राखेकाले यो व्यापारिक थलो झै बनेको थियो । पैदलयात्रीलाई हिड्नै गाह्रो थियो । आइतबार कारठमाडौं महानगरपालिकाले अबैध संरचना बनाएर राखेको पलसहरु हटाएको छ । प्रवेशद्धारमा … Read more

४७ वर्षपछि सरकारी कायम जग्गाको फैसला : भाडामा नलगाउनू, पार्क वा बहुतले पार्किङ बनाउनू – HamroAwaj

४७ वर्षपछि सरकारी कायम जग्गाको फैसला : भाडामा नलगाउनू, पार्क वा बहुतले पार्किङ बनाउनू  – HamroAwaj

१२ भदौ, पोखरा । ४७ वर्ष लामो कानुनी लडाईँ जितेर पाएको न्युरोडको जग्गा पोखरा उपत्यका नगर विकास समितिले भाडामा लगाउन नपाउने भएको छ । यो जग्गा सुविधासम्पन्न वातावरणमैत्री मनोरञ्जन पार्क वा बहुतले पार्किङ स्थलका रुपमा प्रयोग गर्नुपर्ने जिल्ला अदालत, कास्की ठहर छ । २०३२ सालमा न्युरोड खोल्न सरकारले स्थानीयसँग कबुलियतनामा गरेर लिएको ५ रोपनी ४ … Read more

एमाले बैठकको ५ सन्देश : अन्तर्घात रोक्दै एक्लै भिड्ने – HamroAwaj

एमाले बैठकको ५ सन्देश : अन्तर्घात रोक्दै एक्लै भिड्ने  – HamroAwaj

१२ भदौ, काठमाडौं । चुनावको तयारीमा केन्द्रित नेकपा एमालेको केन्द्रीय तहका सबै कमिटीको बैठक सकिएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र निर्वाचन परिचालन कमिटीको बैठकले सम्पूर्ण रूपमा पार्टी पंक्ति चुनावमा होम्ने निर्णय गरेको छ । चुनावी एजेण्डा, उम्मेदवार चयनको मापदण्ड, टिकट वितरणको प्राधिकार र निर्वाचन परिचालन सचिवालय समेत … Read more

रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु – HamroAwaj

रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा–छोरीको मृत्यु  – HamroAwaj

१२ भदौ, दाङ । रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ । अर्की छोरी भने घाइते भएकी छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको … Read more

गठबन्धन गर्दा माओवादीका यी नेताको चुनाव क्षेत्र के होला ? – HamroAwaj

गठबन्धन गर्दा माओवादीका यी नेताको चुनाव क्षेत्र के होला ?  – HamroAwaj

१२ भदौ, काठमाडौं । २०७४ सालमा नेकपा एमालेसँग मिलेर प्रतिस्पर्धा गरेको नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितको गठबन्धनमा रहेर प्रतिस्पर्धा गर्दैछ । सिट भागवण्डाका लागि गठबन्धनको कार्यदलमा लगातार बैठकहरु चलिरहेको छ, तर भागवण्डा मिल्न सकेको छैन । एउटा निर्वाचन क्षेत्रमा गठबन्धनभित्रैका एक भन्दा बढी … Read more

लामखुट्टे नियन्त्रण गर्न भन्दै युवा संघले लगनखेल क्षेत्रमा छर्कियो विषादी – HamroAwaj

लामखुट्टे नियन्त्रण गर्न भन्दै युवा संघले लगनखेल क्षेत्रमा छर्कियो विषादी  – HamroAwaj

१२ भदौ, काठमाडौं । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो । फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका … Read more

४ मंसिरको चुनावका लागि कैलालीबाट एकीकृत समाजवादीको २६ जनाको नाम प्रस्ताव – HamroAwaj

४ मंसिरको चुनावका लागि कैलालीबाट एकीकृत समाजवादीको २६ जनाको नाम प्रस्ताव  – HamroAwaj

एकीकृत समाजवादीका नेताहरु बाँयाबाट क्रमश: दीर्घ सोडारी, चीनकुमारी चौधरी र भैरव रावल १२ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीले कैलालीबाट प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि २६ जना आकांक्षीको नाम प्रस्ताव गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका दुई (१ र ४) तथा प्रदेशसभाका पाँच वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न २६ जना आकांक्षीको नाम … Read more

महान चाड कि ऋणको पहाड ? – HamroAwaj

महान चाड कि ऋणको पहाड ?  – HamroAwaj

मन्दिरै मन्दिरको शहर हो काठमाडौं । यहाँ घरभन्दा धेरै मन्दिर छन् । बेलाबेलामा हुने प्राकृृतिक प्रकोपले हाम्रो मन्दिर टुट्ने र मूर्ति फुट्ने समेत गरेका छन् । प्रकृतिसँग कसैको केही लाग्दैन तर कहिलेकाहीं चाहिं अद्भुत आश्चर्य नै देखापर्छ । मन्दिर जहाँको तहीं हुन्छ, तर मूर्ति भने गायव ! अनि हराएका ती प्राचीन मूर्तिहरू युरोप र अमेरिकामा … Read more

सिट संख्याको दाबीबाट कुनै दल पछि हटेनन्, कार्यदलमा भएन प्रगति – HamroAwaj

सिट संख्याको दाबीबाट कुनै दल पछि हटेनन्, कार्यदलमा भएन प्रगति  – HamroAwaj

१२ भदौ, काठमाडौं । सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा आज कुनै प्रगति भएन । सहमति नभएपछि अहिलेसम्म कार्य दलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ । अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिएको नेकपा माओवादी केन्द्रका तर्फबाट कार्यदलमा … Read more