सिट संख्याको दाबीबाट कुनै दल पछि हटेनन्, कार्यदलमा भएन प्रगति – HamroAwaj


१२ भदौ, काठमाडौं । सिट संख्याको दाबीबाट कुनै दल पछि हट्न तयार नभएपछि सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धी कार्यदल बैठकमा आज कुनै प्रगति भएन ।

सहमति नभएपछि अहिलेसम्म कार्य दलमा उठेका विषय शीर्ष तहलाई जानकारी गराउने सहमति भएको छ ।

अर्को बैठक कहिले बोलाउने निर्णय गर्ने अधिकार नेपाली कांग्रेसलाई दिएको नेकपा माओवादी केन्द्रका तर्फबाट कार्यदलमा रहेका हिमलाल पुरीले जानकारी दिए ।

सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको थिए । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थिए ।





Source link

HamroAwaj

2022-08-28 20:14:15

Leave a Comment