गगनको स्पष्टीकरण : काठमाडौं-४ बाटै उम्मेदवारी दिने तयारीमा छु – HamroAwaj


१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् ।

कास्की-१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले आफ्नो उम्मेदवारीबारे बोलेका हुन् ।

आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै थापाले फेसबुकमा लेखेका छन्, ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपा म उम्मेदवार हुने यहीँबाट हो ।’





Source link

HamroAwaj

2022-08-31 18:01:50

Leave a Comment