इच्छाराजविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर – HamroAwaj


१६ भदौ, काठमाडौं । सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो ।

विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो मागदावी गरेको छ । शाक्यले तामाङसँग कानूनी रुपमा सम्बन्धविच्छेद गरेकी छन् ।

तामाङको घर, जग्गा, सम्पत्ति जफतको माग समेत छ । उनीहरुविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन छ ।





Source link

HamroAwaj

2022-09-01 22:02:44

Leave a Comment