पर्यटनमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षागार्डको गल्ती ढाकछोप गर्न खोजियो – HamroAwaj

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षागार्डको गल्ती ढाकछोप गर्न खोजियो  – HamroAwaj

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डको गल्ती ढाकछोप गर्न मन्त्रीको बदनाम गर्ने कोशिश गरिएको बताएका छन् । उनले सुरक्षागार्ड शेरजंग गुरुङले सेवाग्राहीलाई राम्रो व्यवहार नगर्ने गरेको दाबी पनि गरेका छन् । शुक्रबार पत्नीसहित ठमेलको छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा आउनुस् भन्दै रोकेका थिए । … Read more

अपूर्व र परिवारबीच सहमति, ‘क्षमा पत्र’ लेखाएर छुटाउने प्रक्रिया थालिने – HamroAwaj

अपूर्व र परिवारबीच सहमति, ‘क्षमा पत्र’ लेखाएर छुटाउने प्रक्रिया थालिने  – HamroAwaj

१८ भदौ, काठमाडौं । नेवार समुदायको भावनामाथि चोट पुर्‍याउने किमिसले व्यंग्य गरेको अभियोगमा थुनामा रहेका कमेडियन अपूर्व क्षितिजलाई ‘क्षमा पत्र’ लेखाएर छुटाइने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा आइतबार क्षितिजका परिवार र जाहेरी दिने पक्षबीच भएको छलफलपछि क्षमा पत्र लेखाएर छाड्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो । प्रहरीमा किटानी जाहेरी दिने टोलीको नेतृत्व … Read more

नयाँ अनुहार २ : लाहुरेको सांसद बन्ने हुटहुटी – HamroAwaj

नयाँ अनुहार २ : लाहुरेको सांसद बन्ने हुटहुटी  – HamroAwaj

१९ भदौ, काठमाडौं । रुपन्देहीको लाहुरे परिवारमा जन्मिएका भीष्मकुमार राना कक्षा १२ सकेपछि व्यापार गर्न चाहन्थे । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत बुबाको इच्छा छोरा आफूजस्तै लाहुरे बनोस् भन्ने थियो । इज्जत पनि पाइने, पेन्सन पकाएर आए भविष्य सुरक्षित हुने बुबाको बुझाइ थियो । नेपालको राजनीतिबाट वाक्कदिक्क भएकाले पनि बुबाले लाहुरे बन्ने सहज यात्रा रोज्न … Read more

५२ संवैधानिक पदाधिकारी र अध्यादेशको बचाउमा चोलेन्द्र – HamroAwaj

५२ संवैधानिक पदाधिकारी र अध्यादेशको बचाउमा चोलेन्द्र  – HamroAwaj

१९ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्ववर्ती सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र अध्यादेश अनुसार नियुक्त भएका/ संसदीय सुनुवाइ विनै नियुक्ति लिएका ५२ जनाको बचाउ गरेका छन् । नियुक्ति प्रक्रिया तत्कालीन कानुन अनुसार भएको उल्लेख गर्दै उनले ती नियुक्ति लिने ५२ जनाको सन्दर्भमा नभई प्रक्रियामा मात्रै प्रश्न उठेको जिकिर गरेका छन् । ‘त्यो … Read more

‘रञ्जनको कैद घटाएकै कारण महाअभियोग लागे पछुतो मान्दिनँ’ – HamroAwaj

५२ संवैधानिक पदाधिकारी र अध्यादेशको बचाउमा चोलेन्द्र  – HamroAwaj

१९ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रञ्जन कोइरालाकाे सजाय घटाउने फैसलाका कारण महाअभियोग लागे स्वीकार्य हुने बताएका छन् । कानुनले दिएको अधिकारअनुुसार विवेक प्रयोग गरेको भन्दै महाअभियोग सिफारिस समितिमा भनेका छन्, ‘यो आधारबाट महाअभियोग लाग्छ भने गिल्टी फिल गर्दिनँ ।’ सशस्त्र प्रहरीका तत्कालीन डीआईजी कोइरालाले २०७८ माघमा पत्नी गिताको हत्या गरेका थिए । … Read more

पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा समातिएका सुरक्षागार्डलाई ५ दिन थुनामा राख्न अनुमति – HamroAwaj

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षागार्डको गल्ती ढाकछोप गर्न खोजियो  – HamroAwaj

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा  पक्राउ परेका सुरक्षा गार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी … Read more

नागरिकको स्वास्थ्य जाँच्न घरैमा डाक्टर-नर्स – HamroAwaj

नागरिकको स्वास्थ्य जाँच्न घरैमा डाक्टर-नर्स  – HamroAwaj

१९ भदौ, काठमाडौं । दुई सन्तानकी आमा शकुन्तला पराजुली काठमाडौं–३० स्थित मैतिदेवी मन्दिर पछाडिको बस्तीमा बस्छिन् । उनले दोस्रो सन्तानलाई जन्म दिएको दुई साता कटेको छ । गर्भवती भएको बेला नियमित स्वास्थ्य परीक्षणका लागि उनलाई पहिलो बच्चा हुने बेलाभन्दा यसपटक धेरै सहज भयो । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइराख्नुपर्ने तर शारीरिक अवस्थाले कठिनाइ भोग्नुपरिरहेको थियो … Read more

कँडेलको मुख्यमन्त्री मृगतृष्णा – HamroAwaj

कँडेलको मुख्यमन्त्री मृगतृष्णा  – HamroAwaj

१९ भदौ, सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल फेरि प्रदेशसभामा चुनाव लड्ने भएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–२ (क)बाट उनको नाम सिफारिस भएको छ । मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने गरी कँडेललाई प्रदेशसभामा सिफारिस गरिएको एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मी बताउँछन् । ‘प्रदेशका इञ्चार्ज प्रदेशमै चुनाव … Read more

अटेर गरेपछि कोटेश्वरमा डोजर – HamroAwaj

अटेर गरेपछि कोटेश्वरमा डोजर  – HamroAwaj

कोटेश्वरमा अनधिकृत संरचना हटाइँदै । तस्वीर : शंकर गिरी/अनलाइनखबर १९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको एउटा टोली आइतबार दिउँसो डोजर लिएर कोटेश्वर पुग्यो । अनधिकृत संरचना हटाउन साउन १ गते ३५ दिने सूचना निकालेको महानगरले सूचनाको म्याद सकिएको भोलिपल्टदेखि अनधिकृत संरचना र फुटपाथ अतिक्रमण हटाउन ठाउँ ठाउँमा डोजर लगाएको छ । तर पनि अनधिकृत रुपमा … Read more

गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन – HamroAwaj

गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन  – HamroAwaj

१९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको जिम्मा फेरि कार्यदललाई दिएका छन् । आइतबार बसेको बैठकले कार्यदलका सदस्यहरुलाई निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न भनेका हुन् । ‘दुई दिन छलफल गरेर जति सहमति हुन्छ, त्यसअनुसार प्रस्ताव ल्याउनुस् भन्नुभएको छ’, कार्यदलका एक सदस्यले भने । यसअघि कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरुले सिट संख्या … Read more