गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन – HamroAwaj


१९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको जिम्मा फेरि कार्यदललाई दिएका छन् ।

आइतबार बसेको बैठकले कार्यदलका सदस्यहरुलाई निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न भनेका हुन् । ‘दुई दिन छलफल गरेर जति सहमति हुन्छ, त्यसअनुसार प्रस्ताव ल्याउनुस् भन्नुभएको छ’, कार्यदलका एक सदस्यले भने ।

यसअघि कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरुले सिट संख्या टुंग्याउने प्रयास गरेका थिए । तर सहमति जुटेन । १०० सिटको दाबी गरेको कांग्रेस ९० सम्म झर्न तयार भएको छ । तर माओवादीले कांग्रेस र अरु दललाई आधा–आधा गर्ने प्रस्ताव राखेको छ भने एकीकृत समाजवादीले कांग्रेसले ७० लिएर अरु छाड्नुपर्ने अडान लिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र पर्सि शीर्ष नेताहरुसमक्ष पेश गर्ने बताए । उनले अघि भने, ‘न्यायाेचित, सम्मानजनक र सबैले जितेको छ भन्ने भावमा सहमति हुन्छ ।’





Source link

HamroAwaj

2022-09-04 20:08:46

Leave a Comment