बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन – HamroAwaj

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन  – HamroAwaj

२३ भदौ, काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । Source link HamroAwaj … Read more

उपेन्द्र यादवसँग राष्ट्रपति : संविधानसम्मत कदम चाल्छु, अदालतले केही गर्दैन – HamroAwaj

उपेन्द्र यादवसँग राष्ट्रपति : संविधानसम्मत कदम चाल्छु, अदालतले केही गर्दैन  – HamroAwaj

२३ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धनसँग रुष्ट राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव नजिकै शीतल निवास पुगेका थिए । उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष पोखेकी थिइन् … Read more

‘स्टारडम’ सम्हाल्न नसकेका क्रिकेटर – HamroAwaj

‘स्टारडम’ सम्हाल्न नसकेका क्रिकेटर  – HamroAwaj

२३ भदौ, काठमाडौं । किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए । तर एकाएक उनको करियर संकटमा … Read more

उपेन्द्र फन्किएर शीतल निवास हिँडे, प्रचण्ड ललितपुर पुगेर फर्किँदा माधव थिएनन् – HamroAwaj

उपेन्द्र फन्किएर शीतल निवास हिँडे, प्रचण्ड ललितपुर पुगेर फर्किँदा माधव थिएनन्  – HamroAwaj

२३ भदौ, काठमाडौं । बालुवाटारका बैठकहरु यस्तै हुन्छन् । कहिले को सन्किरहेको हुन्छ, कहिले को गलफत्ती गरिरहेको हुन्छ । बाहिर पत्रकारको माइकमा बोल्न उभिँदा भने औपचारिकताका यसो केही वाक्य बोलेर नेताहरु हिँड्छन् । बिहीबारकाे सत्ता गठबन्धन सल्लाह थियो– सिट बाँडफाँट कार्यदलमा सहमति जुटाएर चुनावको सिट संख्या बाँड्ने, शीर्ष तहका नेता बसेर त्यसलाई अन्तिम टुंगो लगाउने … Read more

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर – HamroAwaj

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर  – HamroAwaj

२३ भदौ, (दमक) झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको घर झण्डै करिब ८५ लाख रुपैयाँ खर्च गरेर साजसज्जा गरे, चिटिक्क पारे । रिमोटबाटै खोल्न–बन्द गर्न मिल्ने गेट हालिएको यो घर गौतमले आफैं बस्नका लागि भने किनेका होइनन् । निजी सम्पत्ति केपी … Read more

संसदीय समितिमा द्वन्दपीडितको एक स्वर : आदेश पालक हौं, पीडक नभनियोस् – HamroAwaj

संसदीय समितिमा द्वन्दपीडितको एक स्वर : आदेश पालक हौं, पीडक नभनियोस्  – HamroAwaj

२१ भदौ, काठमाडौं । बिहीबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले माओवादी द्वन्द्वका पीडितसँग सात घण्टा बितायो । सिंहदरवारस्थित समिति सचिवालयमा भएको छलफलमा द्वन्द्वपीडितसँग सम्बन्धित राज्य पक्ष, विद्रोही पक्ष, बालसैनिक, अयोग्य लडाकुका संघ–संगठनका ४३ जना प्रतिनिधिले अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा आफ्नो सुझाव राखे । उनीहरू हातमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा … Read more

मधेशमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाव – HamroAwaj

मधेशमा ६० प्रतिशत सिट नछोड्न कांग्रेसको प्रदेश समितिको दबाव  – HamroAwaj

२३ भदौ, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले जानकारी दिए । बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा … Read more

माध्यमिक तहको विज्ञानमा माग भन्दा ६३ जना कम परीक्षार्थी उतीर्ण – HamroAwaj

माध्यमिक तहको विज्ञानमा माग भन्दा ६३ जना कम परीक्षार्थी उतीर्ण  – HamroAwaj

२३ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल माग संख्या भन्दा ६३ जना कम परीक्षार्थी लिखित परीक्षामा पास भएका छन् । लिखित परीक्षा पास भएका परीक्षार्थीका लागि असोज २९ देखि कात्तिक १ गतेसम्म अन्तर्वार्ता तोकिएको छ । बागमतीबाहेक अरु प्रदेशमा मागभन्दा कम परीक्षार्थी अन्र्तवार्तामा … Read more

अरनिको पाँडे पसे रवि लामिछानेको पार्टीमा, बालेन टिमका सदस्य पनि – HamroAwaj

अरनिको पाँडे पसे रवि लामिछानेको पार्टीमा, बालेन टिमका सदस्य पनि  – HamroAwaj

२३ भदौ, काठमाडौं । वातावरणविद् डा. अरनिको पाँडे रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी दलमै आबद्ध हुने निर्णय गरेका हुन् । उनी पार्टीका केन्द्रीय सदस्य बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए … Read more

जीआई वायर, स्यानिटरी प्याड र खाने तेल लगायतका वस्तुको भन्सार र अन्तःशुल्क हेरफेर – HamroAwaj

जीआई वायर, स्यानिटरी प्याड र खाने तेल लगायतका वस्तुको भन्सार र अन्तःशुल्क हेरफेर  – HamroAwaj

२३ भदौ, काठमाडौ । लामो विवाद र व्यवसायीको विरोध पछि सरकारले जीआई वायर रड, स्यानिटरी प्याडको कच्चा पदार्थसहित विभिन्न वस्तुको भन्सार महसुल र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाएको हो । बिहीबार … Read more