राष्ट्रपति र प्रधानमन्त्रीले नै पटकपटक उल्लंघन गर्छन् ट्राफिक नियम – HamroAwaj

राष्ट्रपति र प्रधानमन्त्रीले नै पटकपटक उल्लंघन गर्छन् ट्राफिक नियम  – HamroAwaj

१२ असोज, काठमाडौं । रातो बत्ती बलेको देख्दादेख्दै सवारी साधन कुदायो भने के हुन्छ ? ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिन्छ र सवारी नियम उल्लंघन गरेको भन्दै चिट् काट्छ । कहिलेकाहीं ट्राफिक बत्तीको उल्लंघन गर्दा ट्राफिकका जवानले बाटो छेकेर समेत चिट् काटेको दृश्य पनि देखिन्छ । उनीहरुलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार … Read more

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक – HamroAwaj

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक  – HamroAwaj

१२ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को  ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार … Read more

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम – HamroAwaj

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम  – HamroAwaj

११ असोज, गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् । उनले पार्टी पंक्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना … Read more

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’ – HamroAwaj

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’  – HamroAwaj

अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ । पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी … Read more

बागमती प्रदेशमा स्वास्थ्य सेवा अध्यादेश जारी – HamroAwaj

बागमती प्रदेशमा स्वास्थ्य सेवा अध्यादेश जारी  – HamroAwaj

१२ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले बताए । प्रदेश मन्त्रिपरिषद्को गएको भदौ २७ मा बसेको बैठकले अध्यादेश जारी गर्न … Read more

वाईसीएलले ‘एक बुथ, २०० युथ’ खटाउने – HamroAwaj

वाईसीएलले ‘एक बुथ, २०० युथ’ खटाउने  – HamroAwaj

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान संचालन गर्ने भएको छ । वाईसीएल अध्यक्ष सुबोध शेर्पाइलीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २०० युथ’ परिचालन गर्ने भएको छ। वाईसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सिध्याएर तीन महिने सुदृढीकरण तथा विस्तार अभियान समेत घोषणा … Read more

निरन्तर घरेलु हिंसामा परेकी पिंकी, जसले अन्ततः संसार छाडिन् – HamroAwaj

निरन्तर घरेलु हिंसामा परेकी पिंकी, जसले अन्ततः संसार छाडिन्  – HamroAwaj

१२ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१ मोतीबागका दीपेन्द्र कुर्मीलाई पिंकीको हात दिँदै गर्दा दाजु मनिषप्रसाद कुर्मीलाई लागेको थियो, ‘परिवारको एक्लो छोरो, बैंकमा जागिरे केटासँग विवाह गरिदिँदा बहिनीले सुख पाउँछे ।’ १४ मंसिर २०६७ मा धुमधामसँग विवाह भयो । पिंकीको माइतीले ४० लाख नगद र १० तोला सुन दाइजो पनि दिएको थियो । तर पिंकीले … Read more

राप्रपामा रवीन्द्र मिश्र : ५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम – HamroAwaj

राप्रपामा रवीन्द्र मिश्र : ५ वर्ष मेनु हेरेर आफैंले रोजे मःम  – HamroAwaj

१२ असोज, काठमाडौं । ‘रेष्टुरामा गएर मेनु हेर्‍यो हेर्‍यो, लाष्टमा मःम मगायो !’ पछिल्लो पाँच वर्षमा रवीन्द्र मिश्रले मतदाताको विवेकमाथि यसरी धेरै पटक व्यंग्य गरेका छन् । पत्रकारिता छाडेर सुरुमा साझा पार्टी र पछिल्लो समय विवेकशील साझा पार्टीको नेतृत्व गरेका मिश्रले थुपै सार्वजनिक मञ्चहरुमार्फत वैकल्पिक शक्तिमाथि विश्वास नगरी पुरानै दललाई भोट हाल्ने गरेको भन्दै मतदाताको … Read more

अनुगमन टोली पुग्दा व्यापारीले सटर लगाएपछि… – HamroAwaj

अनुगमन टोली पुग्दा व्यापारीले सटर लगाएपछि…  – HamroAwaj

१२ असोज, काठमाडौं । बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको टोली कालीमाटी-कुलेश्वर क्षेत्रको बजार अनुगमनमा पुग्दा अनौठो दृश्य देखियो । अनुगमन टोली कालीमाटी क्षेत्रमा पुग्दा-नपुग्दै ‘जय दुर्गा स्टोर्स’मा हतार-हतार सटर लाग्यो र ताल्चा ठोकियो । मुकेश खाद्य स्टोर्स पनि त्यसैगरी बन्द भयो ।  कतै आधा सटर तानेर व्यवसायीहरु चिहाइरहेका थिए । अनुगमन टोली आएको … Read more

सम्पत्ति विवरण माग्दा उम्मेदवारको खर्च नियन्त्रण होला ? – HamroAwaj

सम्पत्ति विवरण माग्दा उम्मेदवारको खर्च नियन्त्रण होला ?  – HamroAwaj

१२ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष चुनाव लड्ने उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्ने नियम ल्याएको छ । बुधबारदेखि लागू भएको आयोगको आचारसंहितामा प्रत्यक्षतर्फ उम्मेदवारले मनोनयन दर्ताकै क्रममा सम्पत्ति विवरण पेश गर्नुपर्ने उल्लेख गरिएको छ । आयोगले पहिलो पटक प्रचलनमा ल्याएको यो व्यवस्था अनुसार, उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्दा शिलबन्दी गरी सम्पत्ति विवरण पनि बुझाउनुपर्नेछ … Read more