ओली–उपेन्द्रको तालमेलमा प्रभु साहको धक्का – HamroAwaj

ओली–उपेन्द्रको तालमेलमा प्रभु साहको धक्का  – HamroAwaj

२३ असोज काठमाडौं । शनिबारसम्म नेकपा एमालेबाट आफू पक्षीय नेताहरुलाई टिकट दिलाउन संघर्षरत पोलिटब्यूरो सदस्य प्रभु साहले आइतबार रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए । साथमा रौतहटको ६ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरे । अर्थात, साहले एमालेभित्र मधेश प्रदेशमा विद्रोह गरे । साहले आफू लगायतको स्वतन्त्र उम्मेदवारी मनोनयनलाई एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग गरेको गठबन्धनलाई … Read more

रवि लामिछानले किन रोजे चितवन २ ? – HamroAwaj

रवि लामिछानले किन रोजे चितवन २ ?  – HamroAwaj

२३ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अनुसार सभापति रवि लामिछानले काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्ने लगभग तय भइसकेको थियो । काठमाडौं २ बाट चुनाव लड्न चाहेका आकांक्षीहरुलाई पनि सभापति लड्ने क्षेत्र भन्दै अन्यत्र पठाइएको थियो । सत्ता गठबन्धन र एमालेबाट बलियो उम्मेदवार नदेखिएको र रविको आफ्नै क्षेत्र पनि भएकाले पार्टीका नेताहरुले … Read more

आरोपितले चुनाव लड्न पाउने, जिते सांसद हुन नपाउने – HamroAwaj

आरोपितले चुनाव लड्न पाउने, जिते सांसद हुन नपाउने  – HamroAwaj

२३ असोज, काठमाडौं । भ्रष्टाचारको आरोप लागेका र विशेष अदालतबाट प्रारम्भिक रुपमा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले आइतबार तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध उम्मेदवारी दर्ता गरेको आरोपमा पार्टीबाट निष्कासित भएका उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन् । अघिल्लोपटक निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको … Read more

२४ वर्षपछि मधेशमा फेरि ठूला दलकै वर्चस्व – HamroAwaj

२४ वर्षपछि मधेशमा फेरि ठूला दलकै वर्चस्व  – HamroAwaj

२३ असोज, काठमाडौं । आगामी आमचुनावका लागि मनोनयन दर्ता आइतबार सकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार, उम्मेदवारी दर्ता गराउनेको संख्या उत्साहजनक छ । ‘भौगोलिक र प्राविधिक कठिनाइका बाबजुद उम्मेदवारी दर्ता गराउनेको संख्या उत्साहजनक देखिएको छ’ थपलिया भन्छन् । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० पदका लागि प्रतिस्पर्धा गर्न दलीय र गैरदलीय उम्मेदवारी दर्ता … Read more

आफ्नै पूर्वनेता विरुद्ध भिड्नुपर्ने बाध्यतामा एमाले – HamroAwaj

आफ्नै पूर्वनेता विरुद्ध भिड्नुपर्ने बाध्यतामा एमाले  – HamroAwaj

२३ असोज, काठमाडौं । नेकपा एमालेका करिब २५ उम्मेदवारहरूले यसपटक आफ्नै पूर्व नेताविरुद्ध चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुपर्नेछ । अघिल्लो संसदको सबभन्दा ठूलो दल एमाले यो पटक पार्टी विभाजनका कारण सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता र पार्टीभित्रको टिकट वितरणमा असन्तुष्ट भएर विद्रोह गरेकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको हो । सत्ता गठबन्धनबाट एमालेसँग छुट्टिएर एकीकृत … Read more

चुनावअघि नै पछारिएका प्रभावशालीहरू – HamroAwaj

चुनावअघि नै पछारिएका प्रभावशालीहरू  – HamroAwaj

२३ असोज, काठमाडौं । थुप्रै नेताहरुले यसपल्ट लड्नुपर्‍यो आफ्नै पार्टी नेतृत्वसँग । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सम्मुखमा आफ्नै पार्टीभित्रको संघर्षमा उत्रिएका आलोचनात्मक चेत भएका नेताहरू दलका प्रमुखबाट पछारिएका छन् । नेतृत्वलाई प्रश्न उठाएबापत, अनि दलीय संगठनबाहेक समाजमा विभिन्न प्रभाव राखे पनि आन्तरिक पार्टी जीवनबाट किनारा लगाइएका ती पात्रहरूमध्ये … Read more

झापा ५ मा ओलीलाई पुरानै प्रतिस्पर्धी, तानातानमा राम थापा – HamroAwaj

झापा ५ मा ओलीलाई पुरानै प्रतिस्पर्धी, तानातानमा राम थापा  – HamroAwaj

२३ असोज, काठमाडौं । झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले … Read more

घनश्याम र छविलाललाई चुनाव जित्न अरु दलकै भर – HamroAwaj

घनश्याम र छविलाललाई चुनाव जित्न अरु दलकै भर  – HamroAwaj

२२ असोज, बुटवल । नेकपा एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । आफ्नो भागमा परेको यो क्षेत्रमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिई भूसाललाई समर्थन गरेको हो । यो क्षेत्रमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट भने एमालेका सचिव छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् । ०७४ को चुनावमा नेपाली … Read more

रुपन्देही ५ मा एमालेबाटै २ जनाको मनोनयन दर्ता – HamroAwaj

रुपन्देही ५ मा एमालेबाटै २ जनाको मनोनयन दर्ता  – HamroAwaj

२२ असोज, बुटवल । रुपन्देही ५ मा नेकपा एमालेका तर्फबाट दुई जनाको मनोनयन दर्ता भएको छ । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र खिमलाल भट्टराईले एमालेबाट मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यालयले दुवै जनालाई एमालेको तर्फबाट मनोनयन दर्ताको निस्सा दिएको छ । घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ । पार्टीबाट … Read more

देशमा महिलाको जनसंख्या ५१ प्रतिशत, चुनावमा मनोनयन ९ प्रतिशत – HamroAwaj

देशमा महिलाको जनसंख्या ५१ प्रतिशत, चुनावमा मनोनयन ९ प्रतिशत  – HamroAwaj

प्रतीकात्मक तस्वीर जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा त्यो प्रतिविम्बित छैन । आधा आकाश ढाक्ने महिलाको ९ प्रतिशत मात्रै उम्मेदवारी छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि महिलाहरुको उम्मेदवारी निकै कम देखिएको छ । निर्वाचन आयोगले प्रारम्भिक रुपमा उपलब्ध गराएको विवरण अनुसार महिलाको उम्मेदवारी १० प्रतिशतभन्दा पनि कम छ … Read more