सिवाकोटीको टिकट खोसेर दोलखा ख मा बर्मा लामालाई दिइयो – HamroAwaj


२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको प्रदेश सभा तर्फको टिकट खोसिएको छ ।

दोलखा ख बाट उम्मेदवार हुने भनि निश्चित गरिएका सिवाकोटीलाई टिकट नदिएर जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाइएको छ ।

दोलखामा प्रतिनिधि सभाको उम्मेदवार माओवादी केन्द्रलाई छुट्याइएको थियो । जस अनुसार प्रतिनिधि सभामा माओवादीले गंगा कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभातर्फ दुबै क्षेत्र कांग्रेसको भागमा परेको छ ।प्रदेश तर्फ क मा केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले टिकट पाएका छन् । कांग्रेसका एक नेताका अनुसार सिवाकोटी र काफ्लेले टिकट पाउने र आफूले नपाउने पक्का भएपछि धुलिखेल पुगेका लामालाई फिर्ता बोलाएर टिकट दिइएको हो ।

पार्टी भित्र लामा संस्थापनइतरका जिल्ला सभापति हुन् । सिवाकोटी महामन्त्री गगन थापा निकट चिनिन्छन् । प्रदेश क मा टिकट पाएका काफ्ले भने नेता कृष्णप्रसाद सिटौला निकट छन् ।





Source link

HamroAwaj

2022-10-09 11:45:10

Leave a Comment