तनहुँमा गोविन्दराज जोशीलाई कैंची चुनाव चिह्न – HamroAwaj


२६ असोज, तनहुँ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन् ।

यसअघि स्थानीय तहको चुनावमा व्यास नगरपालिकाको मेयर उठेका जोशीका छोरा दीपकले कैंची चुनाब चिन्ह पाएका थिए । दीपकलाई मेयरमा नेकपा एमालेले समर्थन गरेको थियो ।

तर अहिले प्रतिनिधि सभा चुनावमा भने जोशी एक्लै छन् ।

नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेको यो क्षेत्रमा नेकपा एमालेले एकबहादुर राना मगर उम्मेदवार छन् ।





Source link

HamroAwaj

2022-10-12 17:24:44

Leave a Comment