मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्सले गरे स्काइ जम्प – HamroAwaj


रातो ज्याकेटमा बियर ग्रिल्स ।

३ कात्तिक, काठमाडौं । मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्सले खुम्बु क्षेत्रमा स्काइ जम्प गरेका छन् । बिहीबार आफ्नो फेसबुक पेजबाट एक भिडियो सार्वजनिक गर्दै यसबारे उनले जानकारी दिएका हुन् ।

सो भिडियोमा उनले नेपाल र नेपालीको प्रशंसा समेत गरेका छन् । एक साता लामो भ्रमणका सिलसिलामा उनी नेपाल आएका हुन् । उनी विशुद्ध पारिवारिक भ्रमणमा आएको र सो क्रममा खुम्बु क्षेत्रमा हेलिकप्टरबाट स्काइ जम्प गरेका हुन् । उनी साहसिक गतिविधि र कठिन परिस्थितिमा कसरी सर्भाइभ गर्ने भन्ने उपायका कारण विश्वभर चर्चित छन् ।

 





Source link

HamroAwaj

2022-10-20 19:42:47

Leave a Comment