सशस्त्रको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ जना गम्भीर – HamroAwaj


५ कात्तिक, बुटवल । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् ।

चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी,  जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रमममा मृत्यु भएको हो सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, वरिष्ठ हवल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको छ ।

 

 

 





Source link

HamroAwaj

2022-10-22 10:02:38

Leave a Comment