प्रिमियर लिगमा आर्सनलको पहिलो बराबरी – HamroAwaj


७ कात्तिक, काठमाडौं । यस सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनलले साउथ्हयाम्टनसँग अग्रता लिएर पनि  बचाउन नसक्दा १-१ को बराबरी खेलेको छ ।

जारी सिजन आर्सनलको यो पहिलो बराबरी हो ।

साउथह्याम्पटनको मैदानमा ग्रान्ट जाकाको गोलबाट आर्सनलले पहिलो हाफमा अग्रता लिएको थियो । स्टुअर्ट आर्मस्ट्रागले ६५ औं मिनेटमा साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।

अग्रता कायम राख्न नसक्दा आर्सनलले साउथह्याम्पटनसँग अंक बाँड्नुपरेको हो ।

बराबरीपछि लिग लिडर आर्सनलले ११ खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २ अंकको अग्रता बनाएको छ । सिटीको समान खेलबाट २६ अंक छ ।

यस्तै लिगकै अन्य खेलमा न्युकासलले टोटनहमलाई २-१ ले पराजित गरेको छ । न्युकासलका लागि कलुम विल्सन र मिगुएल अल्मिरोनले पहिलो हाफमा गोल गरे । ह्यारी केनले दोस्रो हाफमा टोटनहमका लागि एक गोल फर्काए ।

जितपछि १२ खेलबाट २१ अंक जोड्दै न्युकासल चौथो स्थानमा उक्लेको छ । समान खेलबाट २३ अंकसहित टोटनहम तेस्रो स्थानमै छ ।





Source link

HamroAwaj

2022-10-24 09:34:37

Leave a Comment