संकटमा वन कुकुर – HamroAwaj


तपाइँको खुसीको लागि बताइदिऊँ, पछिल्लो बाघ गणना अनुसार नेपालमा पाटेबाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ मा १२१ थियो । यसैगरी, २०२१ को राष्ट्रिय गैंडा गणनाको सार्वजनिक नतिजाअनुसार एकसिङ्गे गैंडाको संख्या ७५२ ९५२० वयस्क० पुगेको छ। यसैगरी, मानिसभन्दा पनि पुरानो रैथाने हात्तीको संख्या बताउनुपर्दा २०७६ सम्म सुदूरपश्चिमको शुक्लाफाँटामा २ देखि १८ वटा, बर्दिया निकुञ्जमा ४५र५० वटा र पर्सा निकुञ्जमा २५ वटासम्म रहेको तथ्यांक छ।

यी दुर्लभप्रायस् जनावरको जनसंख्या निरन्तर वृद्धि हुँदा र राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा नेपालको तारिफ भइरहँदा हामी यीबाहेक अन्य लोपोन्मुख जनावर नचिन्ने या नामै नसुन्ने भएका छौं। ठूला स्तनधारीको अत्यधिक चर्चाका कारण साना लोपोन्मुख जनावर ओझेलमा परेका छन्। यसै अनभिज्ञताका कारण अति महत्त्वपूर्ण तर विरलै देखिने वन कुकुरसँग तपाइँको परिचय गराउनु अत्यावश्यक भएको छ।

वन कुकुर विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको सबैभन्दा लोपोन्मुख स्तनधारी प्रजाति हो। वन कुकुर (वैज्ञानिक नाम : क्यून अल्पनाइस) अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत छ। तपाइँ निकुञ्ज आसपास आदिवासी जनजाति समुदायबाट हुनुहुन्छ भने घरपालुवा कुकुर र वन कुकुरबीचको भेद छुट्याउन सक्नुहुन्छ, अन्यथा तपाईं वन कुकुरलाई ब्वाँसो या स्याल ठानेर लखेट्नु हुनेछ। शारीरिक संरचना र आनीबानीको रूपमा कुकुर र ब्वाँसो छुट्टिसकेकाले ‘वन कुकुर ब्वाँसो होइनन् र ब्वाँसो वन कुकुर होइनन्।’ सबै कुकुरको आदिम पुर्खा ब्वाँसो भए पनि आनुवंशिक विज्ञान (प्राचीन डीएनएहरूको बृहत् अध्ययन) ले ३२ हजारदेखि १९ हजार वर्ष अगाडि यी जीवहरू एकापसमा छुट्टिसकेको बताइसकेको छ।

आफ्नो भू-भागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि छुट्याइएको नेपालले वन कुकुर संरक्षणमा चासो दिएको देख्न र भेट्न मुस्किल छ। अध्ययन, अनुसन्धान र खोजको खाँचोमा यस्ता रैथाने प्राकृतिक सम्पदाको चर्चा शून्यप्रायस् छ। वन कुकुरको चर्चा यसकारण पनि गर्नु परेको छ कि नेपालको हकमा बाघबाहेक वन कुकुर एक मात्र ठुलो संकटासन्न मांसहारी प्रजाति हो। यसैले यसलाई संरक्षित सूचीमा राखेर मात्र हुँदैन, संरक्षण सम्बन्धी विशेष परियोजना नै सञ्चालन गर्नुपर्छ। वन कुकुरको अभिलेखीकरण राख्ने र अन्यत्र देखिएका छन् भने तिनको पुनर्स्थापनाका लागि सचेत बन्नुपर्छ। यस्ता जीवको अनुपस्थितिका कारण जैविक प्रणालीमा निम्तिएको रिक्ततालाई सम्बोधन गर्नु चानचुने कुरा होइन, यसैले यसबारे सोचिहाल्नुपर्दछ। जुरासिक पार्क फिल्मबाट बाहेक अन्य हिसाबले लोप भएका जनावरलाई अस्तित्त्वमा ल्याउनु साह्रै गाह्रो छ। यसैले वन कुकुरको कंकाल संग्रह गर्नुभन्दा सीमित संख्यामा छँदै तिनको संरक्षणको चासो देखाउनु उचित हुन्छ।

अन्तर्राष्ट्रिय कानुन बमोजिम यो दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)को अनुसूची-२ र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को सङ्कटापन्न वर्गमा पर्छ। विश्वव्यापी रूपमा यसको महत्त्व दर्शाउन हरेक वर्ष मे २८ मा विश्व वन कुकुर दिवस मनाइन्छ। तर, नेपालमा यो दिवस मनाइएको भन्नेबारे समाचारसमेत भेट्न मुस्किल छ। हामीकहाँ वन कुकुरलाई कानुनी हिसाबले कम महत्त्व दिइएको यसप्रकार पुष्टि हुन्छ।

वन कुकुर कस्तो देखिन्छन् ?

ठूलो गोलाकार कान भएको, कालो थुतुनो ९मुख० भएको रातो-रातो, खैरो-खैरो (गोल्डेन रेड)यस जीवको कम्मर छिनेको हुने गर्दछ। फूर्तिलो शरीर भएको यस जीवको झुप्प परेको पुच्छरको टुप्पोतिरको भाग कालो रङको हुने गर्छ। यस लोपोन्मुख स्तनधारी प्रजातिलाई ठाउँ एवम् भाषा अनुसार ब्वाँसो, फार च्यु, बन्सा कुत्ता, वन नागी आदि भनिन्छ। लामो मेरुदण्ड र पातलो खुट्टाको कारण कतैकतै ‘बिरालो’ भन्ने गरेको पनि पाइन्छ। झलक्क देख्दा हाइना जस्तो पनि लाग्दछ। यसको वैज्ञानिक नाम ‘क्युन अल्पाइनस’ र अंग्रेजी नाम ‘ढोल’ वा ‘एशियाली वाइल्ड डग’ भन्ने गरिन्छ।

वन कुकुर खडा हुँदा १७(१२ इन्च र लम्बाइमा ३ फिटसम्मका हुने गर्दछन्। सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ। वयस्क पोथी (अल्फा फिमेल) बढीमा १६ केजीसम्म हुने गर्दछे भने वयस्क भाले चाहिं (अल्फा मेल) २१ किलोसम्म हुने गर्दछ। अधिकतम १५-१६ वर्षसम्मको आयु रहने गर्दछ।

अफ्रिकामा पाउने जंगली कुकुर (वैज्ञानिक नाम : : Lycaonpictus ) हाइना जस्तै रिसाहा प्रवृत्तिका हुने गर्दछन्। औसत ५ देखि १० को समूहमा रहने यी वन कुकुरहरू भने अन्य कुकुर प्रजाति (अफ्रिकी जंगली कुकुरसहित) भन्दा शान्त स्वभावका हुन्छन्। ब्वाँसाहरूले जस्तो वनकुकुरले मानिसहरूलाई आक्रमण गर्न जान्दैनन्, गरेको प्रमाणहरू भेटिएको छैन। यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन्। तर निकुञ्ज आसपास मानववस्ती र मानव चहलपहल वृद्धि भएकाले यिनीहरूले निकै कष्ट व्यहोरिरहेका छन्।

शिकारको उपलब्धता र तिनीहरूको बास बस्ने पारिस्थितिक प्रणालीको प्रकारको आधारमा यिनीहरूको घनत्त्व फरक-फरक रहन सक्छ। विश्वमा हाल २,५०० को संख्यामा वन कुकुर रहेका छन्। अल्फा मेलको संख्या ५०० मात्रै रहेको छ। साथै यो संख्या निरन्तर ओरालो लाग्दो क्रममा देखिन्छ। नेपालमा बढीमा १०० को संख्यामा वन कुकुर रहेको आकलन गरिए पनि यसको पुष्टि हुन् बाँकी नै छ।

पर्सा निकुञ्जमा क्यामेरा ट्रयापिङमा परेको वन कुकुर

वन कुकुरहरू कहाँ -कहाँ पाइन्छ ?

वनकुकुर एशियाको रैथाने प्रजाति हो। पेलिस्टोसिन पिरियडमा यो जीव एशिया, युरोप र उत्तरी अमेरिकासम्म फैलिएकोमा १२-१८ हजार वर्षअघि नै यसको दायरा एशियामा खुम्चिन पुग्यो। वन कुकुरको सन्दर्भमा, पहिलो पटक १७९४ मा पेस्टेरेफ नामक अन्वेषकद्वारा साहित्यमा वर्णन गरिएको पाइएको छ, जहाँ उनले सुदूर पूर्वी रूसको यात्राको क्रममा वन कुकुरसँग सामना गरेको र यस जीवलाई ‘सामूहिक शिकारी ९प्याक्ड हन्टर०’ र  सुनौलो स्यालसँग तुलना गरेर धेरै समानताहरू रहेको उल्लेख गरेका थिए।

पहिले(पहिले यस जीवको फैलावट व्यापक रुपमा एशियाभर नै थियो, तर, एसियाको वन क्षेत्रको भारी विनाशले निम्ताएको वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी एवम् विष तथा पासो थापेर मार्ने प्रवृत्तिको वृद्धि लगायत कारणले आजभोलि धेरै देशबाट लोप भइसकेको छ। वन कुकुर नेपाल, भारत, चीन, बाङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनेशिया, मलेशिया, म्यानमार, थाइल्यान्ड र लाओस गरी ११ वटा देशमा पाइन्छ। वन कुकुर सबैभन्दा बढी संख्यामा भारत ९वेस्टर्न घाट० देखिएका छन्। भारतपश्चात् वन कुकुरको राम्रो संख्या चीनमा देखिन्छ। भुटानको जिग्मे दोर्जी राष्ट्रिय निकुञ्जमा वन कुकुरहरूको उपस्थिति राम्रै छ। म्यानमारको ११ वटा क्षेत्रमा क्यामेरा ट्रयापिङबाट पुष्टि वन कुकुरको उपस्थिति भएको र चितुवापश्चात् देशको शीर्ष शिकारीको रूपमा बाघलाई प्रतिस्थापन गरेको देखिन्छ।

समुद्री सतहदेखि ५३०० मिटरसम्म सुक्खा पतझड, ओसिलो पतझड, उष्ण सदाबहार, उष्ण वर्षा वन, खुला मैदान आदि वन कुकुरका लागि उपयुक्त वासस्थान मानिन्छ। नेपालमा भने समुद्र सतहदेखि ४३५० मिटरसम्म पाइने एक अध्ययनमा उल्लेख छ। यस उचाइमा नेपालका तराई एवम् लेकाली भेगका प्रायशस् निकुञ्ज एवम् संरक्षित क्षेत्र पर्ने हुँदा वन कुकुरहरू नेपालका विभिन्न भागमा छरिएर रहेको अनुमान गर्न सकिन्छ।

नेपालमा कहाँ-कहाँ पाइन्छ ?

नेपालको हकमा तराईमा संरक्षित क्षेत्रहरू (उष्ण सदावहार वन, पतझड वन, खुला मैदान ) देखि हिमाली भेगका संरक्षित क्षेत्र एवम् जैविक मार्गहरूमा वन कुकुर देखिएका छन्।

तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजंघा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पाइने पुष्टि भएको छ। यसबाहेक तिब्बतीय संस्कृतिको आकर्षण केन्द्रको रूपमा रहेको हुम्लाको नाम्खा गाउँपालिकाको लिमी भ्याली लगायत क्षेत्रमा पनि वन कुकुर देखिएका छन्। हालसालै वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जंगली याकको फोटो लिमी भ्यालीमा खिचेका छन्। दुर्लभ चौंरी भेटिनुले लिमीको जैविक विविधताप्रति सरकार जागरुक हुनुपर्ने देखाउँदछ। यसो हुनसकेमा त्यस भेगमा देखिने वन कुकुरको संख्याको पनि आकलन गर्न सकिनेथियो।

चितवन राष्ट्रिय निकुञ्ज (चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्ला, १००-८१५ मिटर) , बर्दिया राष्ट्रिय निकुञ्ज (बर्दिया जिल्ला, लगभग ४१५ मिटरको उचाइ), पर्सा राष्ट्रिय निकुञ्ज (चितवन, मकवानपुर र पर्सा जिल्ला, ५००-९५० मिटर), अन्नपूर्ण संरक्षण क्षेत्र (कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्ला, ७९०-८०९१ मिटरसम्म), खप्तड राष्ट्रिय निकुञ्ज (बझाङ, बाजुरा, डोटी र अछाम जिल्ला, १२६२-३२७६ मिटर), कञ्चनजङ्घा संरक्षण क्षेत्र  (ताप्लेजुङ जिल्ला, १८२९- ८५५० मिटरसम्म ), रारा राष्ट्रिय निकुञ्ज (मुगु र जुम्ला जिल्ला, २८००-४०३९ मिटर), ढोरपाटन शिकार आरक्ष (रुकुम, बाग्लुङ र म्याग्दी जिल्ला, ३०००-७००० मिटर), लिमी भ्याली (हुम्ला, ४१०० मिटर) मा वन कुकुर पाइएको छ।

यसैगरी, भूकम्पपश्चातको स्थलगत रिपोर्टिङ गर्ने क्रममा २०७३ भदौमा लाङटाङ क्षेत्रमा पुगेको बखत कसैले आफूलाई ‘वन कुकुर’ भनेर देखाएको स्मरण गर्छन्, साहित्यकार एवं पत्रकार मोहन मैनाली। यस तथ्यले लाङटाङमा पनि वन कुकुर भेटिने तथ्यलाई पुष्टि गर्दछ।

सन् २०११ मा चितवन राष्ट्रिय निकुञ्जमा र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा क्यामेरा ट्रयापबाट वन कुकुरको प्याक रेकर्ड एवम् उनीहरूको उपस्थिति पुष्टि गरिएको थियो। सन् २०१० अम्बिकाप्रसाद खतिवडाले आफ्नो स्नातकोत्तरको अनुसन्धानको क्रममा कन्चनजङ्गा संरक्षण क्षेत्रमा वन कुकुरको अध्ययन गरेका थिए। व्यक्तिगत रूपमा सीमित व्यक्तिहरूले वन कुकुर संरक्षणमा चासो दिएको पाइन्छ। फ्रेन्ड्स अफ नेचर भन्ने संस्थाले केही काम गरेको देखिन्छ तर यस संस्थाको मुख्य फोकस वन कुकुर होइन, अन्य लोपोन्मुख जनावर संरक्षण गर्दा वन कुकुर पनि परेको हो। वन सम्बन्धी पढेका विद्यार्थीबाट व्यक्तिगत रुपमा नै बढी काम भइरहेको छ।

वन कुकुरका आनीबानी र शिकार प्रवृत्ति :

१. वन कुकुरले मान्छेले झैं ‘सिसि..’ को आवाज निकाल्ने गर्दछन्। सिट्ठी हालेर (ह्विसलर) एकअर्कासँग कुराकानी गर्ने गर्दछन्। चिच्याउने, म्याउ गर्ने तथा कुखुरा जस्ता कराउने यी जीवहरू रोचक आवाज निकाल्न माहिर हुन्छन्। यो आवाज कसरी उत्पादन हुन्छ, खोजीकै विषय रहेको छ। शिकारलाई आक्रमण गर्दा, यिनीहरू ‘काका।।काका’ आवाजहरू चिच्याउँछन् भने खाना माग्न बच्चाहरूले फरक आवाज निकाल्छन्।

२. वन कुकुरहरू असली पौडीवाज हुन्। वन कुकुरले ७०-८० प्रतिशत शिकार पानीको स्रोत आसपास नै गर्ने गर्दछन्। सोही कारण यिनीहरू खोला किनार, पोखरी एवम् घाँसे मैदान आसपास बढी देखिने गर्दछन्। वन कुकुरहरू चितुवारबाघझैं बाक्लो जंगलमा बस्ने या शिकार गर्ने गर्दैनन्। यिनीहरू बच्चाहरू भन्दा पहिले आफूले शिकार खाने केही सीमित जीवहरूमध्ये पर्छन्।

३.  उष्णकटिबन्धीय वनहरूमा वन कुकुरले बाघ र चितुवासँग प्रतिस्पर्धा गर्छ। एक समूहमा ९२-३० वटा सम्म० मा बस्न रुचाउने यिनीहरू प्रायस् साँझ र बिहानपख सक्रिय हुन्छन्। तराईतिर ७-१० वटाको एउटा झुण्ड देखिने गर्छ भने हिमाली भेगमा झुण्डको आकार सानो हुने गर्छ (२-३ वटाको समूह )। अन्तरसमूहको झगडा विरलै देखिने गरेको छ।

४. समूहको नेतृत्व एक जोडीले गरेको हुन्छ‚ जसलाई ‘अल्फा जोडी (टिम लिडर)’ भनिन्छ। आफ्नो शिकारलाई लखेट्ने क्रममा अल्फा मेल र अल्फा फिमेल दुवैले पालैपालो नेतृत्व लिने गर्दछन्। एउटा थाकेपछि अर्को दौडिने गर्छ। अल्फा मेल र अल्फा फिमेल बाहेक अन्य सदस्यहरूले शिकार समात्नका लागि ‘अल्फा जोडी’ सँग सहकार्य गरेको देखिन्छ।

५. वन कुकुरलाई कुशल शिकारीका रूपमा पनि चिनिन्छ। यिनीहरूले आफ्नो शिकारलाई दौडाएर, थकाएर मात्रै आक्रमण गर्ने गर्दछन्। वन कुकुरहरू आफूभन्दा ४-१० गुणा ठूलो जनावर (गौरी गाई, चौंरी, बँदेल)लाई पनि आफ्नो शिकार बनाउँछन्। यिनीहरू ३० माइल प्रति घण्टाको गतिमा शिकारको पछाडि दौड्ने सामर्थ्य राख्दछन् ।

६. कहिलेकाहीं मात्रै चितुवा र बाघको शिकारमा वन कुकुरले आँखा गाड्ने गर्दछन्, अन्यथा यी जीवहरू साना प्रजातिलाई नै आफ्नो शिकार बनाउँछन्। बाघ(चितुवाको वन कुकुरसँग विरलै सामना हुन्छ, वन कुकुरहरू समूहमा हुने हुँदा बाघ-चितुवाले यिनलाई आफ्नो आहारा बनाउन खोज्दैनन्। एक्लो-दुक्लो अवस्थामा भेट्टाएमा वन कुकुर बाघको भोजन बन्न पनि सक्छ। हिमाली भेगमा भेडीगोठ वरपर वन कुकुर देखिनुको प्रमुख कारण वनभालु र हिउँ चितुवाको डर पनि एक हो। समूहमा रहेको खण्डमा एशियाटिक कालो भालु वन कुकुरको आहारा पनि बन्ने गरेका छन्, तर यस्ता घटनाहरू विरलै देखिन्छन्।

७. अन्य मांसहारी जनावरले जस्तो शिकारको घाँटीमा झम्टा मार्दैनन्। सामूहिक रूपमा शिकार गर्ने यिनीहरू चारैतिरबाट घेरा हाली शिकार जीवित रहँदै पुच्छरपट्टिको भागबाट खान शुरू गर्छन्।  पछाडिबाट उफ्रिएर आफ्नो शिकारलाई घाइते बनाउनु यिनीहरूको शिकारजन्य प्रवृत्ति हो। कहिलेकाहीं आँखामा आक्रमण गरेर आफ्नो शिकारलाई अन्धो समेत बनाउँछन्। यिनीहरू विभिन्न प्रकारका घाँस, जडीबुटी र पातहरू पनि खाने गर्दछन्, बिरामी भएकाले मात्रै होइन, आनन्द ९भोजन पाचनक्रिया० प्राप्तिका लागि पनि खाने गर्दछन्।

उदाहरणस् झुण्डमा रहने आफ्नो मनपसन्द साम्भार मृग  (६०-८० केजी)हरूमध्ये एकलाई छान्ने, लखेट्दै लखेट्दै झुण्डबाट एक्ल्याउने, पानीको स्रोत नजिक पुर्याउने, पछाडिबाट आक्रमण गर्ने एवम् पानीको स्रोत नजिक नै बसेर खाने गर्दछन्।

८. यिनको शिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जंगली बँदेल, रतुवा तथा गौरी गाईसम्म पर्छन्। हिमाली भेगमा पाइने वन कुकुरहरूले चरनमा लगिएका भैंसी, गाई, भेडा, बाख्रा आदिको शिकार पनि गर्छन्। तराईमा अल्फा जोडीको नेतृत्त्वमा सामूहिक रूपमा शिकार गर्छन् भने हिमालतर्फ चाहिं भेडाबाख्रा भएको ठाउँ (गोठाला भएका ठाउँ) वरपर एक्लै-एक्लै पनि देखिने गर्दछन्।

९.  हरेक वर्ष सेप्टेम्बरमा यिनीहरूको ब्रिडिङ सुरु हुने गर्दछ। स्वस्थ अल्फा फिमेलले बढीमा १२ वटासम्म बच्चाहरू जन्माएको पाइएको छ। गर्भावस्थाको अवधि ६०–६३ दिनसम्मको रहन्छ। यस समयमा, समूहले ओडारमा बसेकी आमालाई खाना पुर्याउने गर्दछन्। यसरी जन्मिएका बच्चाहरू ६ महिनाको उमेर भएपश्चात् वयस्कहरूसँग शिकारमा जान्छन्, र आठ महिनाको उमेरमा साम्बर जस्ता ठूला शिकारहरूलाई मार्न मद्दत गर्छन्।

१०. तराईमा देखिने वन कुकुरमा रौंहरू कम देखिन्छ भने हिमाली क्षेत्र ९कन्चनजंघा, अन्नपूर्ण, लिमी भ्याली, खप्तड, ढोरपाटन० मा देखिने वन कुकुरहरूमा बाक्ला रौंहरू हुने गर्दछ। तराईमा देखिने वन कुकुर र हिमालमा देखिने वन कुकुरहरूको खाना खाने तरिका पनि फरक रहेको पाइन्छ। वासस्थान टुक्रिंदा समयक्रममा यिनीहरूमा फरकपन देखिएको हो।

११. वन कुकुरले घरपालुवा कुकुरले झैं एउटा खुट्टा उचालेर पिसाब फेर्ने नभई दुवै खुट्टा मास्तिर उचालेर पिसाब फेर्ने गर्दछ। पिसाबको गन्ध कुकुर प्रजातिको पहिचान हो। रोचक कुरा के भने हरेक कुकुरको पिसाबको गन्ध भिन्नाभिन्नै हुनेगर्छ। पिसाबले गर्दा कुकुरलाई आफ्नो सीमा निर्धारण गर्न सहज हुन्छ। तर, वन कुकुरहरूले आफ्नो क्षेत्र वा यात्रा मार्गहरूको चिनो लगाउन पिसाब प्रयोग गरेको प्रमाणहरू भेटिएको छैन। यस सवालमा पनि वन कुकुर अन्य प्रजातिका कुकुरभन्दा पृथक् देखिन्छ।

वन कुकुर संरक्षणका चुनौती के-के हुन् ?

संरक्षित क्षेत्रभित्र तथा बाहिरका वनमा अतिक्रमण (गाउँबस्ती) बढ्नु, आहाराजन्य प्रजातिको सङ्ख्या घट्नु, विष तथा पासो प्रयोग गरी मार्ने प्रवृत्ति बढ्नु, यसको आवतजावतका लागि वन्यजन्तु अनुकूल विकास पूर्वाधार नबन्नु, घरपालुवा कुकुरबाट रोगहरू सर्नु वन कुकुर संरक्षणको मुख्य चुनौतीको रुपमा देखिएको छ। औलो उन्मूलनपश्चात् तराईको चारकोसे झाडी मासिनु र त्यतातर्फ बसाइँसराइ बढ्नु पनि वन कुकुरको संख्यामा कमि आउनुका मुख्य कारण हुन्। निकुञ्ज वरिपरि बस्ती विस्तार बढ्नु अर्को चुनौती हो। वनक्षेत्र हुँदै गरिने विकासले वन्यजन्तुको वासस्थानलाई खण्डीकरण गरेको छ भने विकास पछि हुने चहलपहलले पनि धेरै ठूलो असर गरेको छ।

घरपालुवा वस्तुलाई आक्रमण गरेको प्रतिशोधमा मान्छे(वन कुकुर द्वन्द्व पनि चर्किएको छ। यस क्रममा विषादी हाल्ने, जालमा पार्ने एवं गोली हानेर मार्ने लगायतका विधि ज्यादा प्रचलित छन्। मूलतस् भारतीय मानिसहरूले आफ्ना पशुधनलाई सुरक्षित गर्ने सवालमा वन कुकुरहरूलाई ठूलो संख्यामा मार्ने गरिरहेका छन्। ब्रिटिश राजको समयमा ब्रिटिश स्पोर्टस् हन्टर्सहरूले आफ्ना विभिन्न खेलहरूका लागि वन क्षेत्रको प्रयोग गर्ने हुँदा त्यस क्रममा वन कुकुरको संख्या ओरालो लागेको हो।

नेपालकै हकमा पनि विगतमा राजारानीको शिकार भ्रमण मुख्य कारक तत्त्व हो। प्रत्येक वर्ष दुई साता चितवन र बर्दियामा राजारानीको शिकार भ्रमण हुन्थ्यो। भ्रमण तयारीमा आवास, खानपिन, सुरक्षालगायत सबै व्यवस्था सेना, गृह मन्त्रालय, वन मन्त्रालय र स्थानीय प्रशासनबाट हुन्थ्यो। शिकारको प्राविधिक पक्षको सबै जिम्मेवारी निकुञ्जका कर्मचारीलाई दिइएको हुन्थ्यो। ठूलो दलबलसहित शिकार भ्रमणमा पुग्नुले एकान्तप्रिय वन कुकुरलाई स्थानान्तरण गर्न बाध्य बनेको हुनुपर्दछ।

राणाकालीन समयमा पनि शिकार खेल्न एवम् काठमाडौंको जाडो छल्न श्री ३ हरू चारकोसे झाडी छिर्ने गर्दथे। यसताका राजाहरूले वन कुकुर देख्नुलाई अपसकुनको रूपमा लिइने गरिन्थ्यो, जुन अद्यापि कायम नै छ। समाजमा वन कुकुरले आँखामा पिसाब गरिदिए अन्धो हुने तथा शरीर नाघिदिए अपाङ्ग हुने जस्ता अन्धविश्वास बरकरार छन्, जसले वन कुकुरको संरक्षणमा थप जटिलता थपिदिएका छन्।

धेरैजसो समुदायहरू दाउरा, घाँस तथा थप आम्दानी दिने गैरकाष्ठ वन पैदावरका लागि नजिकको जंगलमा भर पर्दछन्। परम्परागत वा रीतिगत वन व्यवस्थापन, दाउराको विकल्पको रूपमा याक वा गाईको गोबरले खाना पकाउने र आगो ताप्ने, पानीको मुहान क्षेत्रका रुखहरू नकाट्ने जस्ता परम्परागत चलनहरू जलवायु परिवर्तनलगायत विविध कारणले कम हुँदै गएका छन्। वनजंगल पवित्र र भगवानको रुपमा मान्ने आदिवासीहरूलाई पछिल्लो वन नीतिले अप्ठ्यारोमा पारिरहेको हुँदा उनीहरूमार्फत पनि वन कुकुर लखेट्ने क्रम बढेको पाइन्छ।

अर्कोतर्फ, जलवायु परिवर्तनका कारण वन कुकुरको संख्या कम हुँदै गएको छ। तापक्रम वृद्धिले सिमसार, ताल र नदीहरूको भौतिक, रासायनिक तथा जैविक सम्पत्तिमा, आणविक संरचनामा, जलचर र तिनका सामुदायिक बनावट तथा पानीको समग्र गुणमा परिवर्तन ल्याइदिएको छ। पानीको स्रोतमा दख्खल पुगेसँगै क्रमिक रुपमा वन कुकुरको संख्या पनि ओरालो लागेको अनुमान गर्न सकिन्छ।

वन कुकुरहरूमा विभिन्न प्रकारका रोगहरूको जोखिम पनि बढेको देखिन्छ। अन्य क्यानिड प्रजातिका जीवहरूसँग सम्पर्कमा आउने क्रममा ती जीवहरूको मलमा भएका टोक्सोकारा क्यानिस जस्ता कीटाणु वन कुकुरको शरीरमा प्रवेश गरेको पाइन्छ। यसो हुँदा  रेबिज, क्यानाइन डिस्टेम्पर, म्यान्जे, ट्रिपानोसोमियासिस, क्यानाइन पार्भोभाइरस, सेस्टोड्स र राउन्डवर्म्स जस्ता एन्डोपारासाइटहरूबाट  वन कुकुरहरू पीडित हुन सक्छन्।

वन कुकुरमाथिको मानव उत्पीडन अझै पनि क्षेत्र अनुसार फरक(फरक तीव्रताका साथ भइरहेकै छ। वन कुकुरको रौं ९भुत्ला०को व्यापार पनि पछिल्लो समय मौलाइरहेको छ, यो वन कुकुरको सुरक्षा चुनौतीमा थपिएको अर्को जटिलता हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यसलाई मार्ने, घाइते बनाउने वा क्षति पुर्यायउनेलाई संरक्षित वन्यजन्तु बाहेकलाई हुने कसूर अनुसार २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। वन कुकुरको आक्रमणबाट मान्छेको मृत्यु भए वा पशुधनमा क्षति पुगे वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ तथा त्यसको तेस्रो संशोधन, २०७५ अनुसार राहत व्यवस्था गरिएको छ। वन्यजन्तु अपराधसम्बन्धी नेपालको कानुन अन्य देशको तुलनामा बलियो छ, तर यसमा लुप होलहरू धेरै छन्। लोपोन्मुख वन्यजन्तुको संरक्षणको महत्व र अपराधको गाम्भीर्य नबुझ्दा नेपालमा कानुनले काम गर्न सकिरहेको छैन।

वन कुकुर किन जोगाउने ?

वन कुकुर संरक्षण किन गर्ने रु त्यसबाट के फाइदा हुन्छ रु संरक्षण नगर्दा के हुन्छ रु यी प्रश्नहरू उठाउनु नै संरक्षणको पहिलो कदम हो। र, उत्तर सपाट छ- वन कुकुर संरक्षण गर्नु भनेको हाम्रो परिवेशको संरक्षण हो। वन कुकुर मानव जातिले सृष्टि गर्न नसक्ने प्रकृतिको वरदान हुन्। यस नैतिक सिद्धान्तकै आधारमा कुनै पनि जीवजन्तुको लोपोन्मुख हुनु मनासिव कुरा होइन। वन कुकुर लोप हुँदा त्यसका वंशाणु सधैंको लागि लोप हुन्छन्। यसकारण संरक्षणको लक्ष्य वंश र वंशाणुकको संरक्षण हो। कुनै पनि जीवको भविष्यको मृत्युलाई रोक्नु नै मानव धर्म हो, चिकित्सा क्षेत्रले पनि यसलाई स्वीकारेको छ।

पारिस्थितिकीय प्रणाली एवम् जैविक विविधतामा मानव मात्रै होइन हरेक जीवजन्तु, पशुपक्षीको बरोबर योगदान रहन्छ। मान्छे मात्रै एकछत्र भन्ने होइन। यस धरतीमा रहेका विभिन्न तत्वहरूमध्ये कुनै एकको मात्र घटबढ भए पनि अरुमा प्रभाव पर्छ । प्रत्येक वन्यजन्तुलाई प्रकृतिमा बाँच्ने अधिकार हुन्छ। यी सबैको संरक्षण हामी मानवकै अस्तित्व बचाउनका लागि पनि अत्यावश्यक छ। प्रकृतिसँग अन्तर्क्रिया विना मानव विकासको सम्भावना रहन्न। पर्यावरणमा भइरहेको असन्तुलनले मानवलगायत विभिन्न प्राणीहरूको क्रियाकलापहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पर्छ नै। तसर्थस् भविष्यमा हुने वातावरणीय विनाशले पृथ्वीमा रहेका विभिन्न प्राणी, वनस्पति र समग्रमा सम्पूर्ण मानवजातिको अस्तित्व संकटमा पर्नुअगावै यतातर्फ सोच्नु उत्तम रहन्छ।

वन कुकुरको पारिस्थितिकीय प्रणाली तथा वितरणबारे अरू वन्यजन्तुको तुलनामा थोरै अध्ययन भएको छ। यद्यपि वन कुकुर किन जोगाउने भन्ने सन्दर्भमा हामी यी कुराहरू भन्न सक्छौं-

१. वन कुकुर प्रमुख शिकारी प्रजाति भएकाले यसले आफ्नो आहाराजन्य प्रजातिहरूको नियमनमा सहयोग पुर्यामउँछ। यस विना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई वन्यजीव(मानव द्वन्द्व अझ बढ्न सक्छ।

२.  वन कुकुरको ‘क्यानिड’ परिवारमा पनि ‘क्युन’ वर्गको अन्तिम प्रतिनिधि हो, यसकारण यसको संरक्षण अत्यावश्यक छ।

३. संरक्षित क्षेत्र र वरपरका जैविक विविधताका कारण नेपाल प्राकृतिक सम्पदामा धनी भएको हो। वन कुकुर अति विशिष्ट गुणसहित नेपालमा निकै कम संख्यामा पाइएको अनुमान छ, यसबाट पर्यटन प्रबर्धन हुने नै छ। नेपाल भित्रिने कुल विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा अन्य संरक्षित ठाउँमा घुम्न जाने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। लोपोन्मुख वन कुकुर संख्या वृद्धि गरेको खण्डमा ‘कुन वन्यजन्तु हेर्ने रु’ गाइडको प्रश्न हामीले खुलेर ‘वन कुकुर’ भन्न सक्छौं । अद्भुत प्रकृति एवं आकर्षक वन्यजन्तु देख्दा उनीहरू मख्ख हुनेछन्।

वन कुकुरलाई जोगाउन के गर्ने ?

१. वन कुकुर सूचना केन्द्रस् वन कुकुरको ओहोर(दोहोर, संख्या, गतिविधि, हानिनोक्सानी आदि सम्बन्धी सम्पूर्ण जानकारी एकत्रित रुपमा प्रवाह गर्न ‘वन कुकुर सूचना केन्द्र’ अथवा ‘वन कुकुर अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना’ गर्न जरुरी छ। यसबाट कुन ठाउँमा कुन महिना के कति वन कुकुर देखापर्छन् भन्ने जानकारी पाइन्छ। यसले ठाउँ विशेषमा भएका मानवीय तथा आर्थिक क्षतिबारे सरोकार वालाले जानकारी लिन सक्छन्।

२.  शान्त वातावरण निर्माण गर्नु स्  गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा वन कुकुर त्रसित हुने गर्छ । साथै, वन कुकुरले बच्चा हुर्काउने समयमा जंगल प्रवेशलाई निषेध गरिदिने हो भने माउले बच्चा छोडेर हिंड्ने खतरा एवम्  स्याहार नपुगेर बच्चाको मृत्यु हुने खतरा टर्छ, यसले पनि वन कुकुरको संख्या वृद्धिमा योगदान दिन्छ।

३.  वन कुकुरको नयाँ ठेगनास् सामुदायिक वन स् तराईमा जनघनत्व अत्यधिक बढिरहेको र तराईका निकुञ्जभित्रका वन कुकुरहरू क्रमशस् माथिल्लो भागमा देखिनु मा पहाडी क्षेत्रमा बढिरहेको सामुदायिक वन विस्तार उल्लेखनीय पाटो हो। कृषि र वन पैदावरमाथिको निर्भरता घटेकाले महाभारत शृंखलामा वनहरू हुर्कन पाएका छन्। सामुदायिक वन उपभोक्ता समितिलाई वन कुकुरको महत्त्व बुझाउन सक्दा पनि हुर्किरहेका सामुदायिक वनहरू वन कुकुरको नयाँ ठेगना बन्न सक्दछ। स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवर्धन तथा सदुपयोग गर्न, पर्या–पर्यटन व्यवसाय सञ्चालन गरेमा वन उपभोक्ता समूहको आयआर्जन समेत वृद्धि हुनेछ।

४.  वन्यजन्तुमैत्री संरचना निर्माण गर्नु स् वन कुकुरहरुले सडक पार गर्दा पनि तीव्र गतिमा रहेका सवारी साधनहरुले ठक्कर दिएर घाइते समेत भएका छन्। फ्लाइओभर पुल र कल्भर्टको मुनिबाट वन्यजन्तु पास गर्न सर्ने अन्डरपास, भिलेज रोड ब्रिज, इको ब्रिज, क्यानोपी ब्रिज वा यस्तै पूर्वाधारको माथिबाट ओभर पास संरचना र र्यािम्प, गाइडिङ फेन्स, एभियन डिलफ्लेक्टर वा त्यस्तै किसिमका संरचनाबाट आवातजावत गर्न तथा पानीको स्रोतसम्म पुग्नरनिस्कन सक्ने संरचना बनाउने हो भने पनि वन कुकुरको संख्या वृद्धि गराउन सकिन्छ। वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा सकेसम्म गाइडिङ फेन्ससहित स्थानीय सामग्री प्रयोग गरेर ध्वनि प्रतिरोध गर्ने ढंगले बनाउनु उपयुक्त हुन्छ।

५. पाठ्यसामाग्री तयार पार्नु स् संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, वन कुकुर, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनसम्बन्धी अध्ययन-अध्यापन गराउनुपर्दछ। विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री पार्नु फलदायी हुन्छ।

अन्त्यमा,

मानव जाति र वन्यजन्तुको सम्बन्ध सदिऔं देखिएको हो। एउटा स्वस्थ पारिस्थितीय प्रणालीको लागि सम्पूर्ण जीवजन्तुहरु उत्तिकै जिम्मेवार हुन्छन्। खाद्य चक्रले उनीहरुलाई एउटा साझा जालोमा गाँसेको हुन्छ। पर्यटकको मुख्य गन्तव्य बनेका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरू कमसेकम वन कुकुरमैत्री बनाउ। अतस् ‘मृत अवस्थामा भन्दा जीवित अवस्थामै वन कुकुरहरू अमूल्य छन्, जोगाऔं।’

………………….

लेखक परिचय :

सुजन खनाल :  वन्यजन्तुको क्षेत्रमा निरन्तर काम गरिरहेका खनाल पर्सा र ढोरपाटन निकुञ्जमा विगत ७ वर्षदेखि सक्रिय छन्। वन कुकुरको सम्बन्धमा विशेष चासो राख्दै आइरहेका खनाल समुदायद्वारा व्यवस्थित पशुधन बीमा योजना सुरु गर्ने योजनामा छन्।

राजु झल्लु प्रसाद : विगत ५ वर्षदेखि कला, साहित्य, पर्यावरण र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आइरहेका झल्लु प्रसाद हिमाल दर्पणमा सह-सम्पादकको भूमिकामा छन्।





Source link

HamroAwaj

2022-10-24 07:00:59

Leave a Comment