प्रतिनिधिसभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने – HamroAwaj


८ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो ।

प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइने छ ।

हेर्नुहोस् निर्वाचन आयोको सूचना





Source link

HamroAwaj

2022-10-25 15:34:00

Leave a Comment