स्वार्थ बाझिने कुनै निर्णय नगर्ने कांग्रेसको घोषणा – HamroAwaj


१२ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा स्वार्थको द्वन्द्व सिर्जना हुने कुनै पनि निर्णय नगर्ने प्रतिवद्धता जनाएको छ ।

स्वार्थको द्वन्द्व नियन्त्रणसम्बन्धी कानुनको अभावमा स्थानीय तहदेखि संघीय संसदसम्म स्वार्थ समूहको प्रभावमा परिरहेको भन्ने सम्बन्धमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो घोषणा पत्रमा स्वार्थको द्वन्द्व सिर्जना हुने नीतिगत प्रक्रियामा सहभागी नहुने घोषणा गरेको हो ।

घोषणापत्रमा हामी के गर्दैैनौं शीर्षकमा मा कांग्रेसले भनेको छ ‘स्वार्थले द्वन्द्व सिर्जना हुने कुनैपनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न हुने छैनौं ।’

अध्येता किरण चापागाई सुशासन स्थापनामा यो महत्वपूर्ण हुनसक्ने ठान्छन् । उनी भन्छन्, ‘स्वार्थको द्वन्द्व व्यवस्थापन गर्ने कानुनको अभावमा यो पक्ष संवोधन गर्न हामी पछि परिरेहका थियौ । संविधानले कल्पना गरेको सुशासन प्राप्त गर्न यसले सघाउ पुर्‍याउने छ ।’





Source link

HamroAwaj

2022-10-29 12:52:39

Leave a Comment