काठमाडौंको बागबजारमा घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु – HamroAwaj


१४ कात्तिक,  काठमाडौं । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज सोमबार बिहान मृत्यु भएको जानकारी दिए ।

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।





Source link

HamroAwaj

2022-10-31 11:11:17

Leave a Comment