किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप – HamroAwaj

किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप  – HamroAwaj

१८ कात्तिक, काठमाडौं । बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो । तर न्यायाधीश घिमिरेले … Read more

काठमाडौं-१ : व्यवस्था बदल्ने कि राख्नेमा बहस – HamroAwaj

काठमाडौं-१ : व्यवस्था बदल्ने कि राख्नेमा बहस  – HamroAwaj

१८ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका (१०, ११, २९ र ३१) वडा पर्छन् । यस अर्थमा देश चलाउने सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन यही क्षेत्रमा पर्छन् । खेल मैदान दशरथ रंगशाला पनि यहीं छ । चुनावी राजनीतिको खेल मैदान यस क्षेत्रमा बानेश्वर, त्रिपुेश्वर, डिल्लीबजार, शान्तिनगरलगायत काठमाडौंका शहरी क्षेत्र समेत पर्छन् … Read more

एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ? – HamroAwaj

एमालेले सुरु गर्‍यो आक्रामक प्रचार, अरु दल के गर्दैछन् ?  – HamroAwaj

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेले दार्चुलाबाट आक्रामक चुनावी अभियान सुरु भएको छ । चुनाव प्रचार सुरु भएको दोस्रो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुला, वैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरेका छन् । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कम्तीमा ४० जिल्लामा अध्यक्ष ओलीलाई पु¥याउने योजना छ । पार्टीका अधिकांश पदाधिकारी … Read more

चुच्चे नक्सा देखाएर मत माग्ने ओलीको संकेत – HamroAwaj

चुच्चे नक्सा देखाएर मत माग्ने ओलीको संकेत  – HamroAwaj

दार्चुलाको सदरमुकाम खलंगामा चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्वीर : रासस १८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात वर्ष अगाडिको भारतीय नाकाबन्दी सम्झेर मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले प्रचार प्रसारको समय दिएको भोलिपल्टै दार्चुलाबाट राष्ट्रिय अभियान थालेका ओलीले सुदूरपश्चिमको कञ्चनपुरको सभामा नाकाबन्दी … Read more

काठमाडौं-४ तताउँदै गगन-राजन, विस्तारै खुल्दै मतदाता – HamroAwaj

काठमाडौं-४ तताउँदै गगन-राजन, विस्तारै खुल्दै मतदाता  – HamroAwaj

१८ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार हुँदैमा उनीहरू सबैले समान चर्चा पाउँदैनन् । काठमाडौं–४ यसको एउटा उदाहरण हो । जहाँका दुई उम्मेदवार चर्चाको शिखरमा छन् भने अन्य २९ उम्मेदवार ओझेलमा । यस क्षेत्रबाट तेस्रो पटक उम्मेदवार बनेका … Read more

किशोर र मनबहादुर दुवैलाई अन्तर्घातकै डर – HamroAwaj

किशोर र मनबहादुर दुवैलाई अन्तर्घातकै डर  – HamroAwaj

१८ कात्तिक, पोखरा । २०४८ सालयताका निर्वाचन कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट तारानाथ रानाभाट र यज्ञबहादुर थापाको वरिपरि घुम्यो । २०४८, २०५१ को उप–निर्वाचन र २०५६ को आम निर्वाचनमा कास्की–१ मा कांग्रेसबाट तारानाथले टिकट पाए भने २०६४, २०७० र २०७४ मा यज्ञबहादुरले । यसपटक भने कास्की–१ ले नेपाली कांग्रेसबाट दोहोरिइरहने अनुहारबाट नयाँमा फड्को … Read more

प्रधानमन्त्री कप क्रिकेटमा किन कमजोर देखियो सुदूरपश्चिम ? – HamroAwaj

प्रधानमन्त्री कप क्रिकेटमा किन कमजोर देखियो सुदूरपश्चिम ?  – HamroAwaj

१८ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तगर्त दुई महिना अघि काठमाडौंमा भएको क्रिकेट प्रतियोतिामा कांस्य पदक जितेको सुदूपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ । तर जारी प्रतियोगितामा समूह चरणमा १ खेल खेल्न बाँकी रहे पनि यसअघि आफूले खेलेका सबै तीन खेल हारेको उसको सेमिफाइनल पुग्ने कुनै संभावना छैन । अन्य … Read more

निःशुल्क बिजुलीको हचुवा घोषणा – HamroAwaj

निःशुल्क बिजुलीको हचुवा घोषणा  – HamroAwaj

१८ कात्तिक, काठमाडौं । चुनावी घोषणापत्रमा दलहरुले गरेको निःशुल्क विजुलीको घोषणा कार्यान्वयनमाथि ऊर्जा क्षेत्रका विज्ञहरुले प्रश्न उठाएका छन् । सामान्य अध्ययन र सम्बन्धित क्षेत्रका जानकार र सरोकारवालाहरूसँग परामर्शसमेत नगरी हचुवामा गरेको लोकरिझ्याइँको घोषणाले विद्युत प्राधिकरणमाथि ठूलो आर्थिक भार समेत थपिन सक्छ । नेकपा एमालेले वर्षायाममा महिनामा ५० र हिउँदमा ३० युनिट बिजुली निःशुल्क दिने भनेको … Read more

बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु – HamroAwaj

बारामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु  – HamroAwaj

१८ कात्तिक, वीरगञ्ज । बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । शुक्रबार बिहान वीरगञ्ज पथलैया सडकखण्ड अन्र्तगत जितपुरसिमरा उपमहानगरपालिका–०९ मा उनलाई बा.प्र.–०६–००१ ख ०१२२ न.को बसले ठक्कर दिएको थियो । … Read more

घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु – HamroAwaj

घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु  – HamroAwaj

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो । बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी … Read more