कुन दलले कति सिट जित्ला ? सम्भावित ४ दृश्य – HamroAwaj

कुन दलले कति सिट जित्ला ? सम्भावित ४ दृश्य  – HamroAwaj

२७ कात्तिक, काठमाडौं । चुनावी नतिजाको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन । नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । त्यही कारणले धेरै ‘एक्जिट पोल’हरु असफल भएका प्रशस्तै उदाहरणहरु छन् । तर निकट विगतको चुनावी नतिजा र चुनावका क्रममा बनेको … Read more

कर्णालीमा ओली : सत्ता गठबन्धनलाई गाली, संसद विघटनको प्रतिरक्षा – HamroAwaj

कर्णालीमा ओली : सत्ता गठबन्धनलाई गाली, संसद विघटनको प्रतिरक्षा  – HamroAwaj

२७ कात्तिक, सुर्खेत । नेकपा एमालेका अध्यक्ष एवं‌ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका तीन जिल्लामा आयोजित चुनावी सभालाई आइतबार सम्बोधन गरेका छन् । कालीकोटको रास्कोट, दैलेखको जम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका ओलीले अधिकांश समय सत्तारुढ गठबन्धनलाई गाली गर्न र संसद विघटनको प्रतिरक्षामै खर्चिए । ओलीले तै ‘हाँडीघोप्टे जस्ताले देश चलाए, … Read more

संकटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त – HamroAwaj

संकटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त  – HamroAwaj

२७ कात्तिक, लेखनाथ । पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको लेखनाथमा आयोजित बगाले बगेडी चरा संरक्षणसम्बन्धी गोष्ठीमा बगाले बगेडी चरासम्बन्धी अनुसन्धानकर्ता अनिषा राणाले साइबेरियन क्षेत्रबाट जाडो छल्न नेपाल आउने उक्त प्रजातिको चरा विश्वव्यापी तथा राष्ट्रियस्तरमै … Read more

३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा – HamroAwaj

३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा  – HamroAwaj

२७ कात्तिक, काठमाडौं/जनकपुरधाम । माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले । काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए । प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका … Read more

बालुवाटारमा कलाकार : चुनाव सफल बनाउनेतर्फ भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह – HamroAwaj

बालुवाटारमा कलाकार : चुनाव सफल बनाउनेतर्फ भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह  – HamroAwaj

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् । आइतबार बेलुका नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तक्रिया गरे । देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ … Read more

साना र नयाँ दललाई थ्रेसहोल्डको चिन्ता – HamroAwaj

साना र नयाँ दललाई थ्रेसहोल्डको चिन्ता  – HamroAwaj

२७ कात्तिक, काठमाडौं । राजनीतिक दलहरु चुनाव प्रचार/प्रसारको अन्तिम चरणमा छन् । ठूला दलहरु प्रत्यक्ष प्रणालीतर्फ आफ्ना उम्मेदवार जिताउने र समानुपातिकतर्फ मत बढाउने प्रयासमा छन् । साना र नयाँ दलहरु न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’को चिन्तामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी व्यवस्था छ । उक्त … Read more

रौतहटमा प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले सोध्यो ५ जनालाई स्पष्टीकरण – HamroAwaj

रौतहटमा प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले सोध्यो ५ जनालाई स्पष्टीकरण  – HamroAwaj

२७ कात्तिक, रौतहट । स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ । प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो … Read more

चुनावपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : वर्षमान पुन – HamroAwaj

चुनावपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : वर्षमान पुन  – HamroAwaj

२७ कात्तिक, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आइतबार रोल्पाको घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र … Read more

केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन – HamroAwaj

केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन  – HamroAwaj

२७ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले … Read more

सिन्धु र काभ्रेको सीमा विवादले समस्यामा परेका गाउँलेको चुनाव बहिस्कार गर्ने चेतावनी – HamroAwaj

सिन्धु र काभ्रेको सीमा विवादले समस्यामा परेका गाउँलेको चुनाव बहिस्कार गर्ने चेतावनी  – HamroAwaj

२७ कात्तिक, चौतारा । सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका वडा नम्बर ११ र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नम्बर ६ को सीमा क्षेत्रमा पर्ने डुम्रे गाउँका बासिन्दाले आफूहरुको माग पूरा नभए मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले प्रशासनमा बुझाएको ज्ञापन पत्रमा सिम्ले बगर र डुम्रे बगरमा बालुवा, गिट्टी तथा ढुङगा संकलन र … Read more